
नयाँदिल्ली । विराट कोहलीको सानदार शतकमा उपाधिको दाबेदार घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई सात विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ । जितको लागि २५७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराट कोहली ९७ बलमा ६ चौका र चार छक्कासहित १०३ रनमा नटआउट रहनुभयो । टिमको लागि जित निकाल्न दुई रन आवश्यक पर्दा कोहलीले नासुम अहमदलाई छक्का हान्दै खेल सकाउनुको साथै शतक पूरा गर्नुभएको थियो ।
लोकेश राहुल ३४ बलमा तीन चौका र एक छक्कासहित ३४ रनमा नट आउट रहनुभयो । भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले १२.४ ओभरमा ८८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो । रोहित शर्मा ४० बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा आउट हुनुभयो । गिल ५५ बलमा ५ चौका र दुई छक्कासहित ५३ रनमा आउट हुनुभयो । बंगलादेशका मेहेदी हसन मिराजले १० ओभरमा ४७ रन खर्चेर दुई विकेट लिनुभयो । हसन मोहम्मदले एक विकेट लिनुभयो ।
त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । बंगलादेशका ओपनर लिटन दासले ८२ बलमा सात चौकासहित सर्वाधिक ६६ रन बनाउनुभयो । अर्का ओपनर तानजिद हसन ४३ बलमा पाँच चौका र तीन छक्कासहित ५१ रनमा आउट हुनुभयो । बंगलादेशलाई ओपनर हसन र दासले १४.४ ओभरमा ९३ रन जोड्दै सानदार सुरुवात दिलाउनुभयो ।
कप्तान नाज्मुल हसन शान्टो १७ बलमा आठ रन बनाउँदै रविन्द्र जडेजाको बलमा एलबीडब्लू आउट हुनुभयो । मेहेदी हसन मिराज ३ रनमा क्याच आउट हुनुभयो । तौहिद हृदोय १६ रनमा आउट हुनुभयो । मुश्फिकुर रहिम ४६ बलमा एक चौका र एक छक्कासहित ३८ रनमा आउट हुनुभयो । महमुदूल्लाह रियाद ३६ बलमा तीन चौका र तीन छक्कासहित ४६ रनमा आउट हुनुभयो । नासुम अहमदले १८ बलमा दुई चौकासहित १४ रनमा आउट हुनुभयो । भारतका रविन्द्र जडेजाले १० ओभरमा ३८ रन खर्चेर दुई विकेट लिनुभयो । कुलदीप यादवले १० ओभरमा ४७ रन खर्चेर एक विकेट लिनुभयो । मोहम्मद शिराजले १० ओभरमा ६० रन खर्चेर दुई विकेट लिनुभयो ।
जस्प्रित बुमराहले १० ओभरमा एक मेडनसहित ४१ रन खर्चेर दुई विकेट लिनुभयो । भारतले पहिलो खेलमा अष्टेलियालाई ६ विकेट, अफगानिस्तानलाई आठ र पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले अब आइतबार न्युजिल्याण्डसँग खेल्नेछ । न्युजिल्याण्ड चार खेलमा आठ अंकका साथ शीर्ष स्थानमा छ । भारत चार खेलमा आठ अंक भए पनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो । इंग्ल्याण्डसँग १३७ र न्युजिल्याण्डसँग आठ विकेटले पराजित भएको थियो । बंगलादेशले अब २४ अक्टोबरमा दक्षिण अफ्रिकासँग खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच