भोजपुर । भोजपुरको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर छ, थुम्की बस्ने देवचन्द्र राईको हराई रहेकी सात बर्षिय छोरी जंगलमा लुकाईएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सु्दिपराज पाठकले बताउनुभयो ।
कार्तिक २ गते बेलुका ६ बजेबाट खेलिरहेको अवस्थामा छोरी आकृति राई हराएको भन्दै परिवारले खोजतलासका लागि ३ गते इलाका प्रहरी कार्यालय बोयाङमा जानकारी गराएपछि खोज तलास सुरु गरिएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो । सो पश्चात बोयाङबाट प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी नायव निरीक्षको नेतृत्वमा बालिकाको खोजतलास सुरु गरिएको थियो ।
प्रहरीले खोजतलास तथा अनुसन्धानको गर्ने क्रममा शकास्पद सोही ठाउँका २१ बर्षिय दीपचन्द्र राईलाई ३ गते दिउँसो ११ बजेतिर नियन्त्रणमा लिए्को थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक बिशाल लिम्बुको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको राईसँग सोधपुछ गर्नेक्रममा दिएको बयानका आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षक सहितको नौ जना, इलाका प्रहरी कार्यालय घोडेटारबाट गएको प्रहरी नायव निरीक्षक सहितको १७ जना, आफन्त, स्थानीय लगायतबाट खोलतलास गर्नेक्रममा बालिकााको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
प्रहरी प्रमुख पाठकले भन्नुभयो, “खोजतलास गर्नेक्रममा घर नजिकै डेढ किलोमिटर उत्तरमा रहेको आमचोक गाउँपालिका छ को टेङलुङछुक स्थित जंगलको गुफामा ल्ुकाएको अवस्थामा, शरीरको तल्लो भागको लुगा खुल्ला रहेको अवस्थामा मृत फेला पारिएको छ ।” सो बिषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ, प्रहरी प्रमुख पाठकले भन्नुभयो ।
घटनास्थल इलाका प्रहरी कार्यालय बोयाङबाट करिव चार किलोमिटर उत्तरमा पर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच