
भोजपुर । बचत गरेको रकमले केही गर्न सकिन्छ भन्ने उदाहरण संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँती बन्नु भएको छ ।
आफु मन्त्री हुँदा स्वागत र बधाईमा गरिने खर्चबाट जम्मा भएको रकम मन्त्री किराँतीले भोजपुरको दुर्गम आमचोक गाउँपालिकाको एक विद्यालयमा अक्षयकोष स्थापना गरिदिनु भएको छ । दान पेटिकामा माला र खादा बापत छ लाख चार सय चौतिस रुपैयाँ बचत भएको थियो ।
मन्त्री पद ग्रहणसँगै एक हप्ताको अवधिमा उठेको खादा र माला बापतको रकमले विद्यालयमा अक्षयकोष स्थापना भएको हो । आमचोक गाउँपालिका वडा नम्वर ९ दुम्मानामा रहेको सरस्वती माध्यामिक बिद्यालयमा मन्त्री किरातीबाट अक्षयकोष स्थापना भएको छ ।
अक्षयकोषमा रहेको रकमको ब्याजबाट आउने रकमको २५ प्रतिशत सावामा गाभ्दै लगिने र एसइईमा विद्यालयबाट उत्कृष्ठ जेहेन्दार एक छात्र र एक छात्रालाई प्रत्येक बर्ष पुरस्कृत गरिने छ । बचत भएको रकमको चेक एक कार्यक्रमका बिचमा मन्त्री किरातीले बिद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच