म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ७ ले वडा भित्रका विपन्न २० परिवारलाई खाद्यान्न लगाएत आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको बेनी नगरपालिका वडा नं ७ का वडआध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी,३ लिटर तेल लगायत भान्छामा पाक्ने मरमसला र नगद १ हजार वितरण गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वमा विपन्न र दैनिक छाक टार्न धौधौ भएकाहरुलाई खाद्यान्न साम्रागी उपलब्ध गराइएको उहाँको भनाइ छ । “दशैंमा चुह्लो नबल्ने परिवारलाई सहयोग गरेका छौ, दशैंमा भात नै खान मुस्किल हुने अवस्था रहने कति दुःखद छ” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
दशैंमा चुह्लो नबल्ने थप परिवार भेटिएका समेत सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । वडाले चाडपर्व बाहेक विपन्नलाई निशुल्क स्वास्थ्य विमा, अन्य समयमा समेत विभिन्न सहयोग गर्ने गदैं आइरहेको छ । ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड दशैं भएपनि आर्थिक अभावका कारण समस्या परेको बेलामा वडा कार्यालयले दिएको खाद्यान्न सहयोगले राहत मिलेको ६१ बर्षिय सम्मरबहादुर किसानले बताउनुभयो । उहाँले ज्यालामजदुरी गर्ने बेलासम्म घर खर्च चलाउन केही सहज भएपनि अहिले बिरामी भएपछि विहानबेलुकी हातमुख जोड्न समेत समस्या भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच