पाल्पामा नगदसहित सातजना जुवाडे पक्राउ

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको तानसेनबाट नगद रकमसहित ७ जुवाडे पक्राउ परेका छन् । शनिबार साझ तानसेन नगरपालिका-२ बडिज्ञाटोलस्थित एक घरबाट ९२ हजार भन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला कार्यालय पाल्पाबाट प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठको नेतृत्वमा खटेको प्रहरी टोलिले बडिज्ञानटोलस्थित एक घरको कोठाबाट जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ९२ हजार ४ सय २५ रकम बरामद गरेको छ ।

प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ सय २५ पत्ति तास पनि फेला पारेको छ ।

जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?