काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दशैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले ठूलो दुर्घटना नहुने गरी दशैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताउनु भयो ।
उहाँले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय,प्रदेश सरकारको महत्वपूर्ण भुमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताउनु भयो । उहाँले विगतमा भन्दा पछिल्लो समय यात्रुहरु समेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको पनि बताउनु भयो ।
मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनाएको उल्लेख गर्नुभयो । उहाँले वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताउनु भयो । उहाँले सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षती भोग्न नपरोस् भन्नेमा केन्द्रित रहेको भन्दै ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन नदिएको बताउनु भयो ।
उहाँले सडक पूर्वाधारका धेरै गुनासाहरु रहेको भन्दै नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनोसा कम भएको बताउनु भयो । उहाँले सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो वर्षको दशैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र स्थानीय सरकारको सहयोगमा सहज भयो । तत्काल हरेक क्षेत्रको सूचना आउने भएकाले सबैसँग तत्काल समन्वय गरी समस्या समाधान गर्न सहज भएको छ । यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनायो । पहिले भन्दा अहिले यात्रुहरु पनि सचेत भएकाले सिधै मन्त्रीलाई नै फोन समेत गर्नु भयो । यो वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनायौं । सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षेती भोग्न नपरोस् भन्ने थियो केही समस्या भयो होला तर ठूलो समस्या भोग्नु पर्ने अवस्था सरकारले आउन दिएन । यो वर्ष सडकहरु अवरुद्ध हुने अवस्था बनेन । ठूलो दुर्घटनाहरु पनि भएन । सरकारलाई सन्तुष्टि के छ भने चाडपर्वको समयमा ठूला दुर्घटना सुन्नु पर्ने हुन्थ्यो यो वर्ष त्यस्तो सुन्न नपर्ने गरी यातायात व्यवस्था मिलाउने काम गरेका छौं । सडक पूर्वाधारका धेरै गुनासाहरु छन् । जसमा नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनोसा कम भएका छन् । सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा छौं । चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नु पर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेको छ । बाँकी दाताहरुको भएकाले केही समयमा नै निर्माण कार्य सुचारु हुने अपेक्षा छ ।’
उहाँले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पुरा गरेको बताउनु भयो । उहाँले उक्त सडक निर्माण एक वर्ष लाग्ने समाचारहरु आएपनि यति लामो समय नलाग्ने बताउनु भयो । उहाँले उक्त क्षेत्रका संसदहरुसँग बसेर छुटै छलफल गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच