
काठमाडौं । लामो समयअघिदेखि नेपाली परम्परात्मक एवं मौलिक लोककला र लोकसंस्कृतिलाई विश्वभर पुर्याएर नेपाल चिनाउने अभियानमा योगदान दिनुभएका आरसी कोइराला (रामचन्द्र)लाई सामाजिक जागरुकता र शान्ति विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिकाले ‘मानार्थ डक्टर’को उपाधि प्रदान गरेको छ । कोइरालाले सांस्कृतिक अभियन्ताको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुभएको कार्यको उच्च मूल्यांकन गर्दै सो उपाधि प्रदान गरिएको कुरा विश्वविद्यालयले जनाएको छ ।
नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्नप्रसाद कोइराला र माता सावित्री कोइरालाको कोखबाट जन्मनुभएका आरसी कोइराला (रामचन्द्र) विगत ३० वर्षदेखि अनवरतरूपमा नेपाली कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा क्रियाशील रहँदै आउनुभएको छ ।
नेपाली संस्कृतिमार्फत विश्वभर नेपालाई परिचित गराउँदै आउनुभएका कोइराला ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’का संस्थापक अध्यक्ष हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच