गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
लेक लागेर बिरामी पर्नेमा अमेरिकन नागरिक इरिक कोनेल ओलराज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिहाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा सुचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार बिहान ७ बजे अल्टिच्युड एयरको हेलिकप्टरमार्फत दुबै जनालाई राजधानीको रिद्धी इन्टरनेश्नल हस्पिटल लगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच