
काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार ५.८३ अंकले घटेको छ । बुधबार दुई सय ९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँमा कारोबार भएको हो । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये व्यापारबाहेक १२ वटै ऋणात्मक छन् । व्यापार ०.०८ प्रतिशतले बढेकोमा होटल तथा पर्यटनमूलक सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ ।
सोनापुर सिमेन्टको सेयर मूल्य लगातार चौथो कारोबार दिन पनि उच्च अंकले घटेको छ । सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य ७.७५ प्रतिशतले घटेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को ६.१४, सिवाइसी नेपाल लघुवित्तको ५.५२ र श्वेतगंगा हाइड्रोपावरको ४.०४ प्रतिशतले घटेको छ । कारोबारमा आएका कम्पनीमा सयपत्री हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । हाइड्रोपावरको सेयर ९.३९ प्रतिशतले बढेर पाँच सय ५८ रुपैयाँमा पुगेको छ भने हिमालयन लघुवित्तको सेयर मूल्य ८.५४, रावा इनर्जीको ७.५७, मेगा म्युचुअल फण्ड-१ को ५.०४ र घलेम्दी हाइड्रोपावरको ३.७१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्टपछि दोस्रो ठूलो कारोबार भएको आशा लघुवित्तको संस्थापक सेयर सात करोड तीन लाख, हाथवे इन्भेष्टमेन्टको एक करोड ९७ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको एक करोड ४८ लाख र हिमालयन डिष्टिलरीको एक करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच