फागुन १ मा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिनुभएकाे हाे ।

माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिन आग्रह गर्दै उहाँले यदी बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै पारित गरेर देखाउन चुनौतीसमेत दिनुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?