संक्रमणकालीन न्याय टुंग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक : सांसद पुन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु टुंग्याउन सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताउनु भयो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु पीडितमैत्री बनाइ टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढे पीडितहरुलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अलिकति अघि बढेका छौँ । त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने जो उद्घोष भएको छ । त्यसमा सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छाँै । यद्यपी विधेयक अहिले पनि समितिमा छ । त्यसमा सहमतिको प्रयत्न भएको छ । सहमति किन बन्न सकेन भन्ने सबैलाई थाहा छ । पीडितमैत्री बनाउनुपर्छ । भन्ने सबैलाई थाहा छ । द्वन्द्वरत पार्टीहरु सबै बसेका छौँ, सबै सँगै चुनाव लडेका छौँ । पार्टी एकता पनि गरेका छौँ । तर पीडितहरु आज पनि प्रश्न छ ? सबै एउटै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ ? यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन । यसमा सबैले सहकार्य गरेर पनि जानुपर्छ । हिजोसम्म नेताहरुबीचमा भएका छलफलले सकारात्मक सन्देश गरेको छ । हामी मिलेर जानेमा नै छौँ । सबै मिलेर जाने सहमति गर्नुपर्छ । सत्ता पक्ष र सरकारले त्यसमा प्रयत्न गर्नुपर्छ ।’

उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?