रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्योजना ल्याउने तयारी गरेको बताउनु भयो ।
आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मुख भएको दाबी गर्दै उहाँले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गर्नु भयो ।
बुटवल आम्दा अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधान बमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंकको ब्यादरसमेत बिस्तारै घटिरहेको उल्लेख गर्नु भयोे ।
बैंकको ब्याजदरलाई सकेसम्म सिंगल डिजित नभएर १० प्रतिशतभन्दा कमनै राख्ने गरी प्रयास जारी रहेको उल्लेख गर्नु भयोे । यसैगरी मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै निराशा नहुन आग्रह गर्नु भयो । मुलुकमा रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको उल्लेख गर्नु भयो ।
यसैगरी पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको, राजश्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उल्लेख गर्नु भयोे ।
यस्तै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले रुपन्देहीमा अवरुद्ध बिकास योजनाहरु बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । आम्दा अस्पताल बुटवलको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै गिरीले यहाँका निर्माणधिन बिकास योजनाहरुलाई पूर्णता दिनका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथी भएर उपस्थित कार्यक्रमको मञ्चमा बोल्दै गिरीले बेलहीय–बुटवल ६ लेन सडक निर्माण सुरु भएको १२ वर्षसम्म पनि सम्पन्न नभएको, बुटवल–नारायणगढ सडक बिस्तार ३ वर्षमा सम्पन्न गर्न भने पनि सम्पन्न भएको तथा भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा नआएको लगायतका विषयमा ध्यानाकर्षण गराउनु भयो् ।
‘हाम्रा योजनाहरु बेलैमा सम्पन्न भएका छैनन्, व्यापार घटिरहेको छ, व्यवसायीहरु निरास छन् ।’–गिरीले भन्नुभयो, ‘कुनै राजनीतिक अभिप्रायले मैले यी विषयहरु उठाएको छैन । जनता दुःखी छन्, आत्तिएका छन् ।’एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गिरीले चिकित्सा क्षेत्रसँग जोडिएका बुटवलका शैक्षिक संस्थाहरु बन्द भएको समेत जानकारी गराउनु भयो।
बुटवल एक महत्वपूर्ण मेडिकल हबको रुपमा बिकास हुन सक्ने बताउँदै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय सैय्याको बनाउनका लागि टेन्डर प्रक्रिया रोकिएकोप्रति ध्यानाकर्षण गराउनु भयो । उक्त अस्पतालको मुद्दा सर्वोच्चमा गएर अड्किएको बताउँदै बुटवल मेडिकल कलेजको सञ्चालनको कामलाई समेत अघि बढाउन आग्रह गर्नु भयोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच