जनताको आवाजमा सरकार प्रतिक्रिया बिहीन बन्योः सांसद शुक्ला

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले सांसदहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिन नसकेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार जनताको आवाजमा प्रतिक्रियाबिहीन रहेको बताउनु भयो । उहाँले कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रिया बिहीन हुनु सरकारको कमजोरी भएको बताउनु भयो । उहाँले सरकार प्रतिक्रिया बिहीन हुँदा संसदको आकर्षण घट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले यहाँ उठेका अधिकांश विषयहरु सरकारले नोटिस पनि दिँदैन, प्रतिक्रिया पनि दिँदैन । प्रतिक्रिया बिहीन छ । के हुन्छ कार्यान्वयन भन्नेकुरा हाम्रो कल्पनामा मात्रै सिमित छ । कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रिया बिहीन हुँदा दुःख लाग्छ । सरकार यदी प्रतिक्रिया बिहीन भएर संसदमा बस्छ भने संसदको आकर्षण घटेर जान्छ र लोकतन्त्र प्रतिको वितृष्णा आउँछ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।’

उहाँले कानून निर्माणमा मुल संसद भन्दा संसदीय समितिको भुमिका महत्वपूर्ण हुने भएपनि समितिको नेतृत्व चयन नै ढिला भएको बताउनु भयो । त्यसको परिणामूस्वरुप कानूनहरु पर्याप्त रुमा अघि बढाउन नसकिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?