समृद्ध प्रदेश हाम्रो कल्पना हो : मन्त्री पाण्डे

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्विनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले समृद्ध प्रदेशको चाहाना रहेको बताउनुभएको छ । लुम्विनी प्रदेश मुलुकको सातवटै प्रदेशभन्दा फरक भुगोल, संरचना र संस्कृती रहेको प्रदेश सरकारले यसको विकास र सम्भावना अवस्था पनि फरक नै रहेको बताउनुभयो हो ।

लोकतान्त्रिक समाजवादी पार्टी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्द्र मन्त्री पाण्डेले लुम्विनी प्रदेश सरकार प्रदेशवासी जीवनस्तर फेर्न सक्ने गरी नयाँ योजनासहित नीति तथा कार्यक्रमका साथ अघि बढेकाले सरकारको चाहाना समृद्ध प्रदेशको चाहाना रहेको उहाँले बताउनुभयाे ।

उक्त अवसरमा मन्त्री पाण्डेले वर्तमान सत्ता गठनबन्धन दलहरुले मुलुकको प्रत्येक उपलब्धी रक्षासहितको योजना काम अघि बढेकाले सत्ता गठबन्धनसहितको यो सरकारको समृद्धि र विकासको पक्षमा रहेको बताउनुभयाे । प्रदेशको विकासका लागि सरकारले स्थायी संरचना निर्माणसहितको बृहत्तर विकासको योजनासहितको काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य शोमराज जनैदारले वर्तमान सरकार सुशासन र समृद्धको पक्षमा उभिदै गइरहेको चर्चा गर्नुुभयो । तर सरकारको यो कदमका विरुद्ध प्रत्येक दलहरुले साथ र सहयोगमा हुनुपर्नेमा विपक्ष दलहरु सुुशासनको रक्षा र समृद्धिको योजना निर्माणमा नभई सरकार गिराउने दाउमा लागेको टिप्पणी गर्नुभयो । जसका लागि सरकारले देश र जनताको पक्षमा रहि सुुशासनसहितको सरकार महसुस राष्ट्रले गरिरहेको उहाँको भनाई थियो ।

सत्ता गठबन्धन सरकारले शरनार्थी, ललिता निवास, सुनकाण्ड जस्ता ठूलो कुशासनको जालो फाल्दै सरकार अघि बढिरहेकाले दलहरु सरकारको सकारात्मक पक्षमा उभिदै जनताको न्याय र देशको समृद्धिका लागि सजक हुनुपर्नेमा उहाँको भनाई थियो । कार्यक्रममा लोकतान्त्रिक समाजवादीका लागि केन्द्रीय सदस्यहरु इस्लाम अहमत खाँण, श्रीनिवास यादव , शोभा डाँगी, लुम्विनी प्रदेशकी सांसद हेमा बेलबासे, दीपक डाँगीलगायतकाले भनाई राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?