नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरिमा छ : गभर्नर अधिकारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरिमा परेको बताउनुभएको छ ।

शनिवार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा अन्तर्राष्ट्रियसँगै समस्याले अफ्ठ्यारो पार्ने गरेको बताउनु भयो । उहाँले पछिल्लो समय अन्तर्राष्ट्रिय तथा आन्तरिक रुपमा नेपालको अर्थतन्त्रमा अनिश्चिताको भुमरि देखिएको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमा भूकम्प र कोभिड महामारीले ठूलो असरपछि अन्तर्राष्ट्रिय रुपमा भएका रुस र युक्रेनको युद्ध नरम हुन नपाउँदै अर्को इजरायल र हमासको युद्ध र शुक्रवारको भूकम्पले थप असर पार्ने बताउनु भयो । गर्भनर अधिकारीले वाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नुपर्ने बताउनु भयो । उहाँले सप्लाई चेन र बजारमूल्य निर्धारणको कारण मूल्यवृद्धि हुने गरेको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंग्याउँदा अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र विश्व परिवेशमा हेर्दा केही वर्षदेखि अनिश्चिताको बीचमा भूमरिमा परिरहेका छौं । एउटा समस्या सकियो फेरी अर्को समस्या आउने गरेको छ । भुकम्प र कोभिड महामारीले ठूलो असर ग¥यो । अन्तर्राष्ट्रिय रुपमा भएका रुस र युक्रेनको युद्ध नरम भएर अर्थतन्त्र लयमा आउँछ भनेको समयमा खाडी तिर अर्को युद्धका कारण विश्वमा नै त्यो खालको अनिश्चिता देख्छौं । शुक्रवार बेलुका फेरि पश्चिम नेपालमा भुकम्पले ठूलो क्षती पु¥याएको छ । यसले गर्दा पनि नेपालमा समय–समयमा ठूलो समस्या ल्याइरहेको छ । यस्तो हुँदा पनि नेपालको अर्थतन्त्रमा केही राम्रा कुराहरु छन् । जसलाई हामीले अगाडि ल्याउन सकि रहेका छैनौं । नेपालमा नकारात्मक कुराहरु बढी बाहिर आउने गरेको छ । अर्थतन्त्रका मुख्य ४ वटा क्षेत्रहरु मध्ये बाह्य क्षेत्रमा हामी कहाँ छौं । कुनै समय २० प्रतिशतले घटेको सञ्चिति २५ प्रतिशतले बढेर १२.७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चितिको क्षमता हामीसँग छ । विश्वका धेरै देशहरुमा यस्तो अवस्था हुन्छ । १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमता छ । यसले राज्यको अवस्था जनाएको छ हामीले त्यसलाई प्रयोग गर्न सक्नुपर्छ । हाम्रो अर्थतन्त्रको समृद्धि र आयोजनाको लागि स्पेश दिएको छ । यस्ता सकारात्मक पक्षहरुलाई इग्नोर गर्न मिल्दैन । मूल्यवृद्धिको क्षेमा हामीले आशा गरेको भन्दा बढी छ । त्यले नीति बनाउने कुरामा कठिनाई गरिहेको छ । मूल्यवृद्धि नीनिगत र मौद्रिक नीतिले कन्टोल गर्न सक्दैन । हामीलाई अरु सिमितताहरु छन् । बजारको मूल्य निर्धारणको मेकानिजम वा वस्तुको मूल्य रेगुलेटेट छैन । जसले जति राखे पनि हुन्छ । जसले गर्दा नेपालको मूल्य स्थिति तल माथि हुन्छ ।’

उहाँले १२.७ महिनाको आयात र १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमताको विदेशी मुद्रा सञ्चिति रहेको भन्दै अर्थतन्त्रका यस्ता सकारात्मक पक्षलाई इग्नोर गरेर जान नमिल्ने बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजन छिटो टुंग्याउनुपर्ने बताउनु भयो। गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंगाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?