
गुल्मी । गुल्मीमा पसलमा आगलागी हुँदा ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका-७ देउराली चारपाला फेदीमा टोप बहादुर बस्नेतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गएराती बस्नेतको टिनले छाएको दुई तले कच्ची किराना पसल राखेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट १५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामानसहित नगद दुई लाख र करिब ३ तोला गहना र कपडा गरि ३५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
गएराती करिब १२:३० बजेको समयमा लागेको उक्त आगो करिब ३:२० बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगोलाई पुर्ण रुपमा नियन्त्रणमा लिइएको हो । घर पूर्ण रुपमा जलेको छ । के कारणले आगलागी भयो भनेर बुझ्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच