
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले उप-महानिर्देशक पदमा रोशन कोइरालालाई नियुक्त गरी हाललाई कार्यालय प्रमुखको समेत जिम्मेवारी दिएको छ । वाणिज्य बैंकबाट हालै स्वेच्छिक अवकास लिनुभएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
व्यापार प्रशासनमा स्नातकोत्तर कोइरालाले रणनीतिक मानवीय पुँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकीय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयबाट विशिष्ट तालिमसमेत प्राप्त गर्नुभएको छ ।
कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हितलगायतका क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव रहेको सिबिफिनले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच