
गाजा । गाजामा रहेका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन् । निरन्तर इजरायली बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा बन्द भएका हुन् ।
प्यालेस्टिनी प्राधिकरणका मन्त्रीका अनुसार गाजाका ६० प्रतिशत भन्दा बढी मेडिकल सुविधाहरू सेवा बाहिर छन् ।
प्यालेस्टिनी प्राधिकरणका स्वास्थ्य मन्त्री माई अल काइलाका अनुसार गाजाका ६० भन्दा बढी अस्पताल र चिकित्सा केन्द्रहरू अब सेवा बाहिर रहेको जनाएका हुन् ।
इन्धन र चिकित्सा आपूर्तिको अभावका साथै इजरायली बमबारीका कारण ३५ अस्पतालमध्ये १६ र ७२ मेडिकल सेन्टरमध्ये ५१ वटा सञ्चालनमा नआएको अल काइलाले बताए ।
प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले १४ हजार विस्थापित मानिसहरूलाई आश्रय दिने अल कुड्स अस्पतालमा इन्धन अभावको असरको बारेमा चेतावनी दिँदै गाजामा सहायता र आपूर्तिहरू उपलब्ध गराउन अन्तर्राष्ट्रिय स्वास्थ्य र राहत संस्थाहरूलाई तत्काल अपील गरेको छ।
'अस्पतालको इन्धन भण्डार ४८ घण्टा भित्र सकिदैँछ र जीवन बचाउने उपकरण, नवजात शिशु इन्क्युबेटर र सघन हेरचाह एकाइहरू काम गर्न बन्द हुनेछन्,' क्रिसेन्टले सोमबार एक विज्ञप्तिमा भनिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच