काठमाडौं । थाइल्याण्डको बैंककमा भएको एएसबिसी यू-२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियमावली-२०७९ मा व्यवस्था भएबमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो । पदक विजेता चार खेलाडी र दुई प्रशिक्षकको जम्मा १६ लाख ८० हजार निकासा भएको हो ।
गत जनवरीमा भएको प्रतियोगितामा नेपालले एक रजत र तीन कांस्य पदक जितेको थियो । सुस्मा तामाङले नेपाललाई रजत पदक दिलाउनुभएको थियो भने हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुस्माले छ लाख तथा बाँकी तीन खेलाडीले जनही तीन लाख नगद पुरस्कार पाउनेछन् । प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही एक लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार पनि निकासा गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच