काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार चार दिनमा ५२.४४ अंकले घटेर १८२६ अंकसम्म झरेको नेप्से मंगलबार ११.२२ अंकले बढेर १८५८.७६ अंकमा पुगेको हो । यस दिन दुई सय ८५ कम्पनीका ४३ लाख ३१ हजार दुई सय २९ कित्ता सेयर ९९ करोड ६५ लाख ८६ हजार दुई सय ९१ रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई सय ८३ कम्पनीका ३५ लाख ५५ हजार कित्ता सेयर ९७ करोड २३ लाख ६७ हजार रुपैयाँमा खरिदबिक्री भएका थिए ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये निर्जीवन बिमाबाहेक सबै १२ वटै समूहगत सूचक बढेका छन् । जसमध्ये लगानी सर्वाधिक १.५१ प्रतिशतले बढेको छ भने अन्य १.३२, वित्त १.२३, जीवन बिमाको सूचक १.१७ प्रतिशतले बढेको छ । निर्जीवन बिमा ०.१८ प्रतिशतले घटेको छ । हिमालयन बैंकको संस्थापक सेयर नौ करोड १६ लाख ४४ हजार दुई सय २८ रुपैयाँमा खरिदबिक्री भएको छ भने माछापुच्छे« बैंकको छ करोड ३८ लाख ८० हजार, सोनापुर मिनरल्स एण्ड आयलको पाँच करोड ९२ लाख ८४ हजार, सानिमा जिआइसी इन्स्योरेन्सको पाँच करोड ३९ लाख ५५ हजार र सोल्टी होटलको तीन करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा सोनापुर मिनरल्स सिमेन्टको सबैभन्दा धेरै ११ हजार पाँच सय आठवटा कारोबार भएको छ भने कारोबार कित्ताका आधारमा हिमालयन बैंकको संस्थापक सेयर सात लाख ४५ हजार चार सय ६० कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेर छ सय ८९ रुपैयाँ पुगेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको ५.२८, सिटिजन लाइफ इन्स्योरेन्सको ५.०३, मल्टिपपर्स फाइनान्सको ४.६३ र इङ्वा हाइड्रोपावरको सेयर मूल्य ४.४४ प्रतिशतले बढेको छ । तर। स्वाभिमान लघुवित्तको सर्वाधिक ८.२६ प्रतिशतले घटेर नौ सय ५५ रुपैयाँमा झरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ५.९९, बाराही हाइड्रोपावर ३.१९, बलेफी हाइड्रोपावरको ३.०५ र मेन्छियम हाइड्रोपावरको २.५० प्रतिशतले घटेको छ । मंगलबार कुल बजार पुँजीकरण १७ अर्ब २९ करोड ११ लाख रुपैयाँले बढेर २८ खर्ब ६३ अर्ब ३० करोड २३ लाख रुपैयाँ पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच