काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा दुई हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा दुई हजार पाँच सयसम्म छुट पाउने बैंंकले जनाएको छ । बैंकका कार्डबाहक ग्राहकले छुट पाउन दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । भौचर चेकआउट प्रक्रियाका क्रममा स्वचालितरूपमा लागू हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच