
अहिले सर्वत्र चिन्ता र चासो छ देश असफल त बन्दैन ? बन्न सक्ने अभिलक्षण धेरै देखिएका छन् । प्रधानमन्त्री देश र जनताको सेवाभन्दा आफ्ना दल र नातेदारलाई सुखसुविधा जुटाइदिने काममा लागेका छन् । जसका काँधमा टेकेर उनी प्रधानमन्त्रीका कुर्सीमा बसेका छन् ऊ स्वयं कहिले माछो आउला र क्वाप्प मुखभरि बनाएर खाउँला भनेर बाटो हेरेर समयको ताकमा बसेको छ । संसदमा जो प्रमुख प्रतिपक्ष हो त्यो जिस्क्याएर छाडेको छिप्पिएको गौमन सर्पभन्दा खतर्नाक छ । ऊ पनि आफ्ना नातागोता, पिछलग्गू, अरिंगालका गोलाबाहेक कसैलाई फुटेका आँखाले हेर्नेवाला छैन ।
उसका अरिंगाल जुन गोरुको सिङ छैन उसैको नाम तिखे भने झैं लाजै पचाएर त्यसैलाई राजनेताको पगरी गुताउँछन् जो बेलाबेला सत्ता गुमेका उन्मादले पीडित भैकन पनि धतुलाएर बरबराउन लाग्छ । साउनको बन्सो पलाए झैं पलाएर नैतिकता र लोकलाज सबै एटलान्टिक महासागरमा र राष्ट्रप्रेम चाहिँ हडसन नदीमा बगाएर आएको एकजाना मान्छेको दल छजसमा चार-चारवटीलाई त राखो भने म पाँचौंमा कसो नपरौंला भनेर कृष्णका बाँसुरीमा गोपिनी लट्ठिए झै लट्ठ परेर त्यो पार्टीमा लाग्नेको धुईरो छ ।
त्यस्ता पार्टीनायकलाई जनाधार, राजनीतिक आदर्श र देश तथा जनताप्रतिको उत्तरदायित्व किन चाहियो ? वास्तवमा यस्तालाई त सभ्य समाजले ‘कुकुरका कुन रौं कुन....’ भनेजस्तो सबै एकनास छ जसरी पनि पावर र पद । यसैगरी दुर्योधन, शिशुपाल, जरासन्ध, कंस, कालयवन, शकुनि, जयद्रथ, रुक्म, नन्द, विराट, पाञ्चाल नरेश, सुशर्मागण, गान्धार नरेश, काशीराज, धृतराष्ट्र र पाण्डुका छोराका बीचमा भारतीय उपमहाद्वीपको राजश्री हुरीको चरो या बाज, स्याल र गिद्धले गाँजेको ढुकुरजस्तो रहेका बेला मथुराका जेलमा जन्मेको एउटा बालक थिए कृष्ण जो आफ्ना चरित्र चिन्तन र औदार्यका कारणले गोविन्द र जगद्गुरु बनेर उदाए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की फेरि मदारी मन्त्रमा लागेका खबर सुनिन लागे । यसको कुनै अर्थ छैन । हिम्मत र संस्कारविना राजनीति हुँदैन । आफूलाई कठिन अवस्थामा साथ दिने आठमध्ये केही र केही राम्रो चरित्र तथा जनाधार भएका मान्छेमात्रै राखेर मन्त्रीमण्डल बनाउनुपर्छ ।
उनले ‘देहं वा पातयेयं कार्यं वा साधयेयं’ लाई नै गायत्री मानेर अहोरात्र जपेका र क्रियामा उतारेका थिए । यस्तै अवस्थामा वनारसमा जन्मेको एउटा बालक (विश्वेश्वरप्रसाद) विश्वनाथको प्रसादस्वरूप बनेर १०४ वर्षदेखि व्याप्त चार ‘ज’ (जार, जाँड, जारी, जूवा)बाट नेपाललाई पनि मुक्त गरेको थियो,उनले पनि कि मर्छु कि देशलाई मुक्त गराउँछु भनेर सङ्कल्प गरेका थिए । आजको नेपाल हाँक्नेमा अनैतिकता, भ्रष्टाचरण (धनमा, भोगमा र पदमा) शक्ति र सत्ताका निमित्त जे पनि गर्ने, जोसँग पनि मिल्ने, चुनावलाई पनि आ-आफ्ना स्वार्थका टोकरीमा राखेर आलुभान्टा बेचे झैं बेच्नेका दुष्कर्मको आवर्तमा रन्फनिएर अहिले नेपाल बरवादको ओरालो यात्रामा छ । अतः कि मर्छु कि गर्छु भनेर कोही केही आएमात्रै केही हुन्छ अन्यथा सम्भावना छैन ।
काला बादलको बाक्लो मुस्लोलाई चिरेर पूर्वबाट सूर्यको सानो किरण उदाउन लागेको त देखियो तर उदाउँदैका सूर्यलाई खग्रास ओली ग्रहण लागेको छ । यस ग्रहणले त्यो सूर्यका किरणलाई बोटबिरुवालाई ब्युँझाउने गरी आफ्ना उज्याला किरण फैलाउन देला जस्तो लाग्दैन । नभस्तलमा भएका कुनै गणितीय फेरबदलका कारणले लागेको ओलीग्रहणले एमालेलाई पनि भित्रभित्रै खँगारेको छ । अहिले कुयामको सहनाई भनेर धेरैले नबजाउलान तर पनि बेला आएपछि माओ र चायो या युगोस्लाभियाका मार्शल जोसेफ ब्रज टिटाको शेखपछिको युगोस्लाभियाका गतिमा एमाले नपुग्ला भन्न सकिँदैन । धेरै बलियो बाँस भाँचिन्छ । धेरै अग्लो रूख सानै हुरी बतासले पनि ढालिदिन्छ ।
घनश्याम भुसाल, विरोध खतिवडा, जगन्नाथ खतिवडा, रामकुमारी झाक्रीजस्ता संगठन गरेर खारिएर आएका युवक युवतिले जुन पीडा भोगेर भक्कानिएको छाती र अश्रुप्लावित नजरका साथ आफूले बनाएको घर आफैंले परित्याग गर्नुप¥यो भोलि त्यहाँ रहनेका लागि पनि त्यही दिन दोहोरिन सक्छ जति नै चुनावी नौटंकी प्रदर्शन गरे पनि । सर्प सर्पै हो जति नै निविर्ष छ भने पनि । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की फेरि मदारी मन्त्रमा लागेका खबर सुनिन लागे । यसको कुनै अर्थ छैन । हिम्मत र संस्कारविना राजनीति हुँदैन । आफूलाई कठिन अवस्थामा साथ दिने आठमध्ये केही र केही राम्रो चरित्र तथा जनाधार भएका एमालेकै मान्छेमात्रै राखेर मन्त्रीमण्डल बनाउनुपर्छ । कुहेको सिनु बोकेर तीर्थयात्रा गरिँदैन भन्न सक्नुपर्छ ।
डा.शेखर कोइराला केशव कोइराला र नोना कोइरालाका कान्छा छोरा हुन् भने कृष्णप्रसाद कोइरालाका महिंला छोराका कान्छा छोरा भएका हुनाले जसरी कृष्णप्रसाद कोइरालाले चन्द्रगञ्ज भन्सारबाट चन्द्रशमशेरलाई पार्सल पठाएका थिए त्यसैगरी केदार कार्कीलाई साथदिने आठ र लोकलाज तथा जनाधार भएका कोशीका एमाले सांसदमार्फत जुद्धशमशेरका नातिनेज्वाइँलाई सन्देश दिन सक्नुपर्दथ्यो । विक्रमविनाको बिजुली र पुरुषार्थविनाको पौरुषता कल्पना पनि गर्न सकिँदैन । यो गर्दा अनिवार्य रूपमा देश, जनता र बहुदलीय राजनीतिक चरित्रलाई पहिलो प्राथमिकता नदिने हो भने जनताको निराशा झनै गाढा हुनेछ । नोना र कोशुको पुत्र हुनु नै पर्याप्त छ शेखर कोइरालाका निमित्त ।
जनताका लिकमा बस्न भने निर्णयप्रतिको अडान, उच्च नैतिकता, र वैचारिक निष्ठाका साथै सांगठनिक कौशल आवश्यक हुन्छ । बुढा कोइरालाहरू पछि डा.शेखरमा देखिएका केही आसलाग्दा कुरा कोशीमा अझै फक्रन खोजेका थिए तर प्रचण्ड र शेरबहादुरकै वृत्तमा फर्कनाले अब त्यो पलाएको आस पनि मुर्झाउन थालेको छ । पद होइन संस्कार, संस्कृति र राजनीतिक चरित्र सुकिल्याउने काममा लाग्नुस् डा.साहेब ।
राजनीतिक पद्धति संसारमा भएका राम्रा ठानिएकामध्येको आवधिक चुनाव, बालिगमताधिकार, विधिको सर्वोच्चता, बहुदलीय प्रजातान्त्रिक संघीय गणतन्त्रात्मक शासन व्यवस्था, भएको हुनाले काहिँ कतै कमी देखिँदैन । कमी छ सञ्चालकमा । यो पद्धति चलाउन उच्च मनोबल र नैतिक चरित्र भएका व्यक्तिको आवश्यकता पर्छ ।
पद आफैं आएर तपाईंका चरणमा पर्दछ । एउटा बन्दीपुत्रले भारतीय उपमहाद्वीपलाई कसरी उजिल्याएथ्यो आजभन्दा ७ हजार हजार वर्षपहिले । आजभन्दा ७७ वर्ष पहिले जसरी तपाईंका ठूलाबाले नेपाललाई पहिलो पटक विश्वविरादरीका लाइनमा पुर्याएथे ।
आज तपाईंले त त्यसमा लागेका कसमात्रै फाल्नुछ । हिम्मत बेगर गोल गर्न सकिँदैन । खेलाडी गोल गर्न मैदानमा ओर्लन्छ । चिट्कामा सही गरेर बस्न होइन । संस्कार र उदारताबेगर जनताको विश्वास जित्न सकिँदैन । अतः एकपटक नेपाली कांग्रेसका चरित्र, संस्कार, संकल्पशक्ति रजनाधार भएका जति एकवृत्तमा आएर आजका जनताको चाहना पूरा गर्ने प्रयत्न गर्नु आवश्यक भएको देखिन्छ । अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, रामशरण महत जस्ता उज्यालो चरित्र भएका र पुरानो अनुभव भएका साथीसँगको साहचर्य अहिले डा.शेखरलाई लाभदायक हुसक्छ ।
जुन दिनसम्म यो देशका कर्मचारीले आफ्ना अफिसमा बसेर काम गरेको घडीलाई पशुपतिनाथको दर्शन गरेको अनुभव गर्दैनन्, त्यस दिनसम्म शेशको भ्रष्टाचारी चरित्रमा सुधार आउँदैन । शिक्षकले कक्षा कोठालाई पूजा चौको नठानुन्जेल र प्राध्यापकले आफ्नो अनुसन्धान केन्द्र, कक्षाकोठा नै चारधाम ठान्दैनन्, राजनीतिकर्मीले चुनाव लडेर सदनमा जाने नियम कानुन बनाउने र मन्त्रीमा चाहिँ बाहिरबाट सम्बद्ध विषयका विज्ञलाई मात्रै लैजाने नियम कानुन बनाइँदैन त्यो दिनसम्म यस देशमा रहेका हरप्रकारका भ्रष्टाचरणबाट सदाचारणतिर पाइला लाग्दैनन् । मतदाता एकदिन बिक्छन् र चार वर्ष सराप्छन् । राजनीतिकर्मी जीवनभरि, अहोरात्र कसरी चुनाव जित्ने र सत्ता शक्ति हत्याउने भनेरमात्रै सोच्न थालेका छन् ।
प्राध्यापक पढ्न अनुसन्धान गर्नभन्दा बिहानै उठेर शक्तिकेन्द्रमा पुगेर (३/४ घण्टा) कुरेर कुर्नेश गर्न पाए आफ्नो जन्म सफल भएको ठान्छन् । यो चलाखीपूर्ण तर खोटो प्रचलन ल्याएको पनि यिनै राजनीति गर्ने २४ घण्टे ठग व्यापारीले चलाएका हुन् । कामको र योग्यताको मूल्यांकन नगरिदिएपछि उछिनापाछिन हुन्छ अनि आफू चन्द्रशमशेर बन्न पाइन्छ भनेर यसो गरेको देखिन्छ । यिनले चन्द्रशमशेर र ज्ञानेन्द्रको बाहेक शासनका तौरतरिका देखेका पनि छैनन्, पढ्ने बेलामा भ्रष्टाचार चिन्तनमा समय गयो र कल्पना गर्न सक्दैनन् । यस्तो निकम्मा मुलुक सञ्चालन गर्ने मान्छे भएपछि देशोत्थानको कल्पना गर्न सकिएला त ? एक दिन म वर्तमान त्रिविका उपकुलपतिसँग भेट्न उहाँकै कार्यकक्षमा गएको थिएँ ।
अहिलेभन्दा पहिलेका त्रिवि सेवा आयोगका अध्यक्षले अलिकति राम्रो काम गरेका थिए । भन्नुभयो ४३ वटा दरबन्दी खाली रहे । जम्मा आठजाना मात्रै उमेद्वार सफल भएका थिए व्यवस्थापन संकायमा । ती असफल भएका मान्छे आज त्रिवि सेवामा छन् कि छैनन् त हजुर भनेर मैले सोद्धा उहाँ बोल्नुभएन । यो काम राम्रो हो ? विश्वविद्यालयले किन शिक्षकहरू असफल भए ? भनेर अध्ययन गरायो ? विश्वविद्यालय अनुदान आयोगले माग गरेजति अनुसन्धान गर्ने ठाउँमा दर्खास्त नै परेन भनेको पनि सुनियो । साँढे एक वर्षमा परीक्षा परिणाम प्रकाशित भएका खबर पनि सुनिए ।
विश्वविद्यालय भनेको कुनै पनि देशको मगज हो । मगज भुत्याएर कृषिप्रधान देश चामलका पैठारीका लागि छिमेकीको गुलामी गर्न विवश पार्दा ज्योतिषीकहाँ पुगेर आफ्नो भविष्य हेराउनेको कमी छैन नेपालको राजनीतिक वृत्तमा । देशमा प्रशासनसंयन्त्र, शिक्षाप्रणाली, स्वास्थ्यपद्धति, कृषिप्रणाली, सार्वजनिक प्रशासन, शान्तिसुरक्षासंयन्त्र, यातायातनीति, कूटनीति, वननीति, आर्थिकनीति आदि समग्र कुराको व्यवस्था मिलाउने राजनीतिक पद्धतिले हो ।
राजनीतिक पद्धति पनि संसारमा भएका राम्रा ठानिएकामध्येको आवधिक चुनाव, बालिगमताधिकार, विधिको सर्वोच्चता, बहुदलीय प्रजातान्त्रिक संघीय गणतन्त्रात्मक शासन व्यवस्था, भएको हुनाले काहिँ कतै कमी देखिँदैन । कमी छ सञ्चालकमा । यो पद्धति चलाउन उच्च मनोबल र नैतिक चरित्र भएका व्यक्तिको आवश्यकता पर्छ तर नेपालमा बोकाले तानेका गाडाबाट वैकुण्ठ पुग्ने सपना यहाँका मतदाताले देख्न छाडेनन् । तिनलाई बोकाले तानेको गाडामा यात्रा गर्ने रहर जगाउन बोके प्रवृत्तिका नेता भनाउँदा नै जिम्मेवार रहेका छन् ।
पठनीय आलेख
एक दम सही र सटिक विश्लेषण