तिहारका लागि फूल बिक्रि गर्ने चटारोमा छन् गुण्डुका महिलाहरु(फोटो फिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । दशै सकिएलगतै तिहारको चटारो सुरु भएको छ । छोटो समयको भए पनि बत्ती र फूलले तिहार एक विशेष पर्वको रुपमा रहँदै आएको छ । काग तिहार, कुकुर तिहार, गाईपुजा, लक्ष्मी पूजा, गोवर्धन पुजा र भाईपुजा गरेर मनाईने तिहार फूल बिना अधुरो हुन्छ । फूलमा पनि सयपत्री, मखमली र गोदावरी यो पर्वमा खास प्रयोगमा आउँछन् ।

यहीँ फूलको व्यवसाय गर्छन् भक्तपुरको गुण्डुबासी महिला । अहिले उनीहरुलाई तिहारको लागि फुल पठाउन ब्यस्त रहनुपर्ने समय उचित मूल्य नपाउदा पर्खेर बस्नुपर्ने भएको छ । जग्गा भाडामा लिएर गरिएको ब्यवसायले लगानी नै नउठाउने अवस्था आएपछि कृषक निरास देखिएका छन् ।

उत्पादानमा कुनै कमि नरहे पनि उचित मूल्य नपाउदा बजार पुग्न नसकेका फुल अहिले पनि बोटमै ग्राहक कुरिरहेका छन् । व्यापारीलाई भ्याइनभ्याई भइरहँदा किसान भने फुर्सदिलो झैँ बनेर ग्राहक कुरिरहेका छन् ।

यतिबेला किसानको बारीमा सयपत्री फुल फुलेका छन् । मखमली फुल भने असार साउनमै बजार पुगेकाले अहिले खासै बारीमा त्यति फुल छैनन् । किसानले मखमलीको माला उनेर असार देखि नै बजार पठाउने गरेका छन् ।

हेर्नुहोस, फोटोहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?