बैतडीमा ९ लाख बराबरको भन्सार छलीको सामान बरामद

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा करिब ९ लाख बराबरको भन्सार छलिको सामान बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

बरामद गरिएको उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त अवैध सामान महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?