काठमाडौं । धरान रन समूहको आयोजनामा शिक्षाको निम्ति दौड अभियानमा ‘धरान १० किमि रन-बाह्रौं नेवा च्यारेटी २०८०’ आउने फागुन १२ गते हुने भएको छ ।
धरान रन समूहका अध्यक्ष रमु राईका अनुसार तीन हजारभन्दा बढी धावक धाविकाहरूले सहभागी गराउने उक्त दौड प्रतियोगितामा विजयी हुनेलाई खुल्लातर्फ महिला/पुरुषलाई जनही ६० हजार, ४० हजार र ३० हजार पुरस्कार राखिएको छ । १२,१६ वर्षमुनि र भेट्रान समूहको निम्ति महिला पुरुष सात हजार, पाँच हजार र तीन हजार पुरस्कार राखिएको छ ।
यस इभेन्टबाट उठेको रकम शिक्षाको निम्ति स्थापित ‘नेवा एजुकेसन फन्ड’ मा जम्मा गरिनेछ, जहाँ १२ जना विद्यार्थीहरूलाई धरान रनले छात्रवृत्ति प्रदान गरिरहेको छ । साथै स्पाइनल इन्जुरी भएको निम्ति हृवील चेयर रेस हुने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच