नेपाल-भारतमैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्व छन् । जसमध्ये धार्मिक एवं सांस्कृतिक समानतालाई पनि महत्वपूर्ण मान्नुपर्ने हुन्छ । दुई देशबीचको सांस्कृतिक समानताका कारण जनस्तरमा स्थापित सम्बन्ध यति प्रगाढ एवं अद्वितीय हुन् कि यसको बराबरी विश्वका अन्य कुनै मुलुकको सम्बन्धले गर्न सक्दैन । नेपाल र भारत अर्कासित अध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपले अनन्य भावले जोडिएका छन् । सनातन धर्म संस्कृतिका हामी साझाबाहक र उत्तराधिकारी छौं । सनातन धर्म ज्ञान, विज्ञान, अनुसन्धानको अथाह समुद्र रहेको छ । यसभित्र धेरै कुरा पाउन सकिन्छ ।
हामी आफनो प्राचीन धर्म शास्त्र, उपनिषदहरुको गहिरो अध्ययन गर्ने हो भन्ने हामी अन्त कतै जानु पर्दैन । अन्तरिज्ञ, विज्ञान, ज्योतिष, आयुर्वेद, गणित, दर्शन, विज्ञान, कला, साहित्य, संगीत, न्यायलगायतका धेरै विषय बारे हाम्रो धर्मशास्त्रहरु पश्चिमेली राष्ट्रहरू समेतले पनि सनातन धर्मतिर आकर्षित हुने क्रम बढेको छ । आयुर्वेद चिकित्सा पनि हाम्रो प्रमुख धरोहरमध्येको एक हो । यसको संरक्षण र सम्बद्र्धनको खाँचो छ ।
सनातन धर्मको प्रचार-प्रसार पैसा अथवा हतियारको बलमा हुँदैन । हाम्रा धर्मशास्त्र गीता, रामायण, महाभारत, वेद र उपनिषद्को अध्ययन गरेर स्वतः नै हाम्रो धर्मप्रति आकर्षित भइरहेका छन् । मानसिक शान्ति र आध्यास्मिक ज्ञानका निम्ति सनातन धर्मको मार्गभन्दा उत्तम केही हुन सक्दैन । विदेशी धर्म प्रचारक संस्थाको आर्थिक लोभमा परेर हाम्रो समाजका पनि केही व्यक्तिहरु विदेशीको उक्साहटमा (उचालेपछि) सनातन धर्मको आलोचना गरिरहेका हुन्छन् तर ज्ञानलाई शास्त्रले काटन सकिँदैन, आगोले जलाउन सक्दैन, पानीले बगाउन सक्दैन तसर्थ सनातन धर्म त ज्ञान र विज्ञान हो यसको जसले जति सुकै आलोचना गरे पनि यसको प्रभाव र महत्वमा कमी आउने छैन ।
महान् ऋषि धन्वतरीको अध्ययन र अनुसन्धानमा आधारित आयुर्वेद चिकित्सा नै चिकित्साको आदि स्रोत हो । आज पनि स्वास्थापचारका कतिपय यस्ता क्षेत्र छन्, जहाँ आधुनिक चिकित्साले पनि आयुर्वेदको सहयोग, समर्थन र शरण लिनुको विकल्प छैन ।
महान ऋषि धन्वतरीको अध्ययन र अनुसन्धानमा आधारित आयुर्वेद चिकित्सा नै चिकित्साको आदि स्रोत हो । आज पनि स्वास्थ उपचारका कतिपय यस्ता क्षेत्र छन्, जहाँ आधुनिक चिकित्साले पनि आयुर्वेदको सहयोग, समर्थन र शरण लिनुको विकल्प छैन । आयुर्वेद नेपाल र भारतको साझा सम्पत्ति हो हामीले यसको संरक्षण र सम्वद्र्धन गर्न सक्नुपर्छ । पश्चिमेली देशहरु आयुर्वेदको उपयोग गर्नु र हामीले हिनताको अनुभूति गर्नु दुर्भाग्यपूर्ण हो । नेपालमा आयुर्वेदका विद्वानको समुचित कदर छैन । जापान, अमेरिका र विश्वका अनेकौं देशहरुमा संस्कृत शिक्षाको अध्ययन भइरहेको छ ।
संयुक्त अरब अमिरात र सउदी अरब जस्ता इश्लामिक राष्ट्रहरू आफ्नो देशमा सनातन धर्मवारे पाठ्यक्रममा विषय वस्तु समाहित गरी रहेका छन् तर हामीभित्र हिनताबोध छ । दास मनोवृत्ति भएकाहरु आफ्नो विरासत र उपलब्धिप्रति हिनताको अनुभूति गर्दछ । नेपाल र भारतमा अनेकौैं यस्ता व्यक्तिहरु छन् जसले जति सुकै अंग्रेजी चिकित्साको उपयोग गरिरहेको भए पनि आफ्नो घरमा एउटा अथवा दुईवटा आयुर्वेदको औषधि पनि राखेकै हुन्छन् । कोभीड-१९ को महा संकटका बेला आयुर्वेदिक औषधि प्रयोग गर्नुको विकल्प थिएन ।
गाउँ समाजका भद्र भलादमी, ज्येष्ठ नागरिक अथवा बुजुर्गहरुको सुझाव-सल्लाहले धेरै काम गरेको थियो । आधुनिक अंग्रेजी चिकित्साको महत्व अवश्य छ तर हामीले आयुर्वेदिक चिकित्साको पनि उपेक्षा गर्नु हुँदैन । नेपाल सरकारले संस्कृति शिक्षा, आयुर्वेद शिक्षा र आयुर्वेद चिकित्साको विकासमा ध्यान दिनुपर्छ ।
योगको उपयोगले मानव जीवनलाई स्वस्थम बनाउँदै गरेको कुरालाई विश्व समुदायले नै स्वीकार गरेको छ । योग पनि हाम्रो सनातन धर्मकै एउटा महत्वपूर्ण उपलब्धि हो । विना कुनै आर्थिक लगानी मानव स्वास्थलाई सधै फुर्तिलो र सक्रिय बनाई राख्न योगले खेलेको भुमिका सराहनीय छ । आज योग हाम्रो दैनिक जविनको अभिन्न अंग बनेको छ । आयुर्वेद पनि हाम्रो निम्ति उपयोगी सावित हुन सक्दछ । नेपालको घना जंगल तथा पहाडी र हिमाली क्षेत्रमा जडिबुटीहरुको अथाह भण्डार रहेको छ । हामीले त्यसको सदुपयोग नगर्ने हो भने यो समाप्त भएर जानेछ । नेपालले केवल जडिबुटीको मात्रै सदुपयोग गर्न सक्यो भने पनि हामी धन कुबेर बन्न सक्दछौं ।
डाबर नेपालका व्यवसाय प्रमुख श्री हरकिरतसिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडिबुटी संकलन गर्न आपूर्ति शृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडिबुटी खेती गर्ने अवसरहरु प्रदान गरेको बताउनुभयो ।
कुनै पनि विदेशीहरु ऋाफ्नो निहित स्वार्थ पूर्तिको निम्ति नेपालको पहाडबाट आफनो लाभका सामग्रीको खोजी गर्ने छन् र स्वार्थपूर्ति पछि नेपालसित नाता राख्ने छैनन । जडिबुटीको समुचित उपयोग नेपाल र भारतले मात्रै गर्न सक्दछ । जडिबुटी र आयुर्वेदको महत्वलाई यी दुई देश बाहेककाले कहिल्यै बुझ्न सक्दैन । जडिबुटीको समुचित सदुपयोग हामीले गर्न सक्नुपर्दछ । नेपाल र भारतका आयुर्वेदविज्ञ, चिकित्सक तथा अनुसन्धानकर्ताले हाम्रो यस अथाह सम्पदाको सदुपयोग आपसी हितमा गर्न सक्नुपर्दछ । नेपाल र भारत दुवैले मिलेर आयुर्वेद चिकित्साको विकासमा काम गर्न सक्नुपर्दछ । समय समयमा यस विषयमा छलफल, अन्तक्र्रिया सहकार्य रसहयात्राको खाँचो छ ।
गत साता आठौं आयुर्वेद दिवसको उपलक्ष्यमा भारतीय राजदूतावास काठमाडौंले आयुर्वेदको क्षेत्रमा नेपाल र भारतबीच हुनसक्ने थप सहकार्यको बारेमा सम्भावनाको खोजी गर्न एउटा अन्तक्रियाको आयोजना गर्यो । उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद उद्योगका प्रतिनिधिहरुको सहभागिता थियो । स्वस्थ भविष्यका लागि एक पृथ्वी, एक स्वास्थ्य भावनामा केन्द्रित रहेर आयुर्वेदको प्रवद्र्धनमार्फत भारत र नेपालबीचको दुई पक्षीय सम्बन्धलाई अझ बलियो बनाउन सकिने विश्वास दुवै देशको रहेको छ ।
दक्षिणी छिमेकी भारत सरकार र त्यहाँको आयुर्वेद (आयुष) मन्त्रालयले विगत आठ वर्षदेखि आयुर्वेदका जनक ऋषि धनवन्तरीको जयन्तिलाई आयुर्वेद दिवसको रूपमा मनाउँदै आएको छ । धनवन्तरी जयन्तिका दिन नेपालमा पनि आयुर्वेद कार्यालयमा यसलाई विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ । यस वर्ष आजकै दिन आठौं आयुर्वेद दिवस मनाउँदैछ । यस वर्षको निम्ति ‘एक स्वास्थ्यका लागि आयुर्वेद’ भन्ने नारा अघि सारिएको छ ।
अन्तक्रियालाई सम्बोधन गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएकाले नेपाल सरकारले यस आयुर्वेदको प्रबद्र्धनको क्षेत्रमा गरेको पहलबारे प्रकाश पार्नुभयो । भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद चिकित्सालगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्य बारे चर्चा गर्नुका साथै उहाँले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रबद्र्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराउनुको साथै यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको जी-२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि बताउनुभयो ।
डाबर नेपालका व्यवसाय प्रमुख श्री हरकिरतसिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडिबुटी संकलन गर्न आपूर्ति शृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडिबुटी खेती गर्ने अवसरहरु प्रदान गरेको बताउनुभयो । आयुर्वेद चिकित्साको विकासले नेपाललाई पनि ठूलो लाभ पुर्याउनेछ । यो हाम्रो साझा विरासत हो र हामीले मिलेर यसको संरक्षण गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच