काठमाडौं । नेपाल टेलिकमको आम्दानी र मुनाफा घट्दै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि अर्थात् असोजसम्मको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधि २०७९ असोजसम्मको कुल आय ११ अर्ब चार करोड ९० हजारको तुलनामा ३९ करोड १२ लाख ९७ हजार अर्थात् ३.५४ प्रतिशतले कमी भएको हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि २०८० असोजसम्मको कुल सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधि २०७९ असोजसम्मको कुल सञ्चालन आय नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा ४९ करोड २५ लाख २१ हजार अर्थात् ५.४३ प्रतिशतले कमी हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि २०८० असोजसम्मको खुद मुनाफा दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधि २०७९ असोजको खुद मुनाफा दुई अर्ब २२ करोड ५५ लाख छ हजारको तुलनामा १९ करोड ८० लाख ७४ हजार अर्थात् ८.९० प्रतिशतले कमी हो ।
कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोगले अन्तरआबद्धता आयमा गत आर्थिक वर्षको प्रथम त्रैमासिक तुलनामा करिब ४९ करोड १४ लाख ८५ हजारले कमी भएको कम्पनीले जनाएको छ ।
आर्थिक मन्दीका कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मकरूपमा कमी आएको, विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण पाँच करोड ९९ लाख फरेन एक्सचेन्ज गेन भएको, प्रतिकूल मौसमका कारण विद्युत् आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमा सञ्चालन हुन नसकेको, विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको कम्पनीले जनाएको छ ।
त्यस्तै राष्ट्रको सञ्चार भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको, सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियम परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर परेको, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १४ करोड ८१ लाखले घटेको पनि कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी वित्तीय विवरणमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच