मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

हिमालय टाइम्स
Read Time = 2 mins

भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा ९ब्ल्याङकेट० वितरण गर्नुभएको छ । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई/दुई ब्ल्याङकेट वितरण गर्नुभएको हो ।

सोमबार आयोजित कार्यक्रममा उहाँले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भन्नुभयो । ‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन’,उहाँले भन्नुभयो, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।’ सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उहाँको भनाइ थियो ।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच/पाँच हजार सहित सम्मान गर्नुभयो । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाउनुभएको थियो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिनुभएको थियो । मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिनुभयोे । मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेल्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?