काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विजरल्याण्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै मुलुकबीच सातामा २८ उडान हुने गरी हवाई सेवा सम्झौता भएको हो । उडानमध्ये काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् ।
द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । तत्कालका लागि दुई-दुईवटा एयरलाइन्स तोकिएको भए पनि आवश्यकताअनुसार थप्न सकिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो सम्झौतासँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ४२ पुगेको छ । गत मंसिरमा रुवाण्डासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । मन्त्रालयले मध्यपूर्वी एसियाली मुलुक इण्डोनेसियासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ भने रुसलगायत मुलुकसँग पनि हवाई सेवा सम्झौताका लागि छलफल चलिरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच