कालीकोटमा गोरू काटेको आरोपमा तीन जना पक्राउ

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिका–८ बाट गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

कात्तिक २५ गते काग तिहारको साँझ नरहरीनाथ गाउँपालिका–९ को विरौना जंगलमा रहेको चदाँरे खानेपानि ट्याङकी नजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउन पर्नेमा नरहरिनाथ गाउँपलिका–८ बस्ने अन्दाजी वर्ष २२ को हिक्मत विक, वडा नं. ९ बस्ने वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियारलाई २६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोट सूचना अधिकारी पोसण थापाले बताउनुभयो ।

जंगलमा गोरु काटेको सूचना वडा नं ८ का वडाध्यक्ष लालबहादुर बिष्टले दिएपछि प्रहरीले टाउँको सहित ३ जनालाई पक्राउ गरेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?