रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले संघीय सरकारबाट नै प्राकृतिक स्रोत साधनको उपयोगमा उदासिन भएकाे बताउनु भएको छ । उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बुटवलमा बुझाएको प्रतिवेदन बुझ्दै राष्ट्रिय रुपमा नै स्वदेशमा उपलब्ध स्रोत र साधनको निर्यात गर्ने गरि संघीय ऐन नै आउनु पर्ने बताउनु भएको हो ।
प्रदेश प्रमुख शेरचनले सरकारले नै आयोगको प्रतिवेदन बुझाउने औपचारीकता मात्रै रहेको बताउनु भएको थियो । उहाँले प्रदेशमा संसदीय समिति गठन गरेर प्रतिवेदनमाथि छलफल गर्नु पर्नेमा जोड दिनु भयो । प्रदेशमा राजश्व बाडफाँडमा कमी कमजोरी र ढिलाई गर्न नहुने उहाँले बताउनु भयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेलले प्रतिबेदन प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहकाबिचमा राजश्व बाडफाँड, उपयोगलगायतका बिषयमा कमि कमजोरी भएको बताउनु भयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, प्रदेश प्रमुख कार्यलयका कर्मचारी र संञ्चालरकर्मीहरुको सहभागीता रहेको कार्यक्रमको संञ्चालन प्रदेश प्रमुख कार्यालय प्रमुख धर्मा अर्यालले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच