चित्रकार सिंहका चित्रहरू प्रदर्शनी

Read Time = 2 mins

काठमाडौं । चित्रकार पि. सिंहले तयार पारेका चित्रहरूको प्रदर्शन गरिएको छ । बौद्ध टुसालस्थित तारागाउँ कला संग्रहालयमा गरिएको प्रदर्शनी साउन २९ देखि तीनदिन चलेको थियो ।

नेपाल सेन्टर फर आर्ट एण्ड कल्चर इन्टरनेशनले आयोजना गरेको उक्त प्रदर्शनीको उद्घाटन अभिनेता निखिल उप्रेतीले गर्नुभएको थियो । बेलायतमा बसोवास गर्दै आउनुभएका चित्रकार पि.सिंह सफ्टवेयर इन्जिनियर हुनुहुन्छ । उहाँले बनाएका नेपाली भाषामा टाइप गर्ने टाइपशाला, नेपाली युनिकोड तथा सडक इन्जिनियरिङसम्बन्धी सफ्टवेयर ‘राजमार्ग’ नेपाल तथा विदेशमा रहने नेपाली इन्जिनियरहरू माझ उत्तिकै लोकप्रिय छ ।

उहाँलाई चित्रकला प्रदर्शनीमा सघाइ रहनुभएका विगतका वेब सहायक कपिल सागर कक्षपती सन् १९९९ मा ठमेल डट कममा ठमेल क्षेत्रभरिको व्यवसायलाई नक्साकिंत गर्न सिंहले बनाएको लोकेशन म्याप विश्वको पहिलो भएको र पर्यटन उद्योगलाई टेवासमेत पु¥याएको बताउनुहुन्छ ।

चित्रकला ‘भ्रमण २०२२’ प्रदर्शनीमा छोरी रोस्लिन सिंहले बनाएको चित्रकलासमेत गरी ३० चित्र प्रदर्शित थिए । उहाँकी छोरी रोस्लिनले भने वाटरकलर तथा पेन्सिलले बनाएका चित्रहरूलाई प्रदर्शनीमा राख्नुभएको छ । नेपाली ग्रामीण जीवन झल्किने गरी राखिएका चित्रहरू एक हजारभन्दा धेरैले अवलोकन गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?