लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

हिमालय टाइम्स
Read Time = 6 mins

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो ।

एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ । २०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ ।

नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २-२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ ।

माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । अघिल्लो प्रदेश सभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ । यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् ।

पहिलो दल बनेको नेकपा एमालेबाट लिला गिरी-रुपन्देही २९१०,भोजप्रसाद श्रेष्ठ-रुपन्देही २९२०, तुल्सीप्रसाद चौधरी-रुपन्देही-३९२०, भुमिश्वर ढकाल-रुपन्देही ५९१०,चिन्तामणि पाण्डे-गुल्मी १९१०,डिल्लिराज भुसाल-गुल्मी २९१० दिनेश पन्थी-गुल्मी २९२०, राजुप्रसाद श्रेष्ठ-पाल्पा १९१० र खेमबहादुर सारु-पाल्पा १९२० बाट निर्वाचित भएका छन् ।

यस्तै चेतनारायण आचार्य-अर्घाखांची १९२०,राजजीप्रसाद घिमिरे-अर्घाखांची १९२०,विष्णु पन्थी-कपिलवस्तु १९१०, मधुशरणप्रसाद चौधरी-कपिलवस्तु १९२०, नवराज लामिछाने-कपिलवस्तु २९१०, अर्जुनकुमार केसी-कपिलवस्तु ३९१०, तुल्सीराम शर्मा-प्युठान १९१०, दुर्गाप्रसाद चौधरी-बांके १९२० र रत्नबहादुर खत्री-बाँके ३९१० बाट निर्वाचित भएका छन् ।

दोस्रो दल बनेको नेपाली कांग्रेसबाट अब्दुल रज्जाक गद्दी-रुपन्देही १९२०, वसिउद्दिन खां-रुपन्देही ४९२०, विश्वप्रेम पाठक-नवलपरासी १९१०, देवकरणप्रसाद कलवार- नवलपरासी १९२०, सुधाकर पाण्डे -कपिलवस्तु २९२०, सरोज थापा (रोज राणा)-प्युठान १९२०, अनुराग खड्का-दाङ १९२०, राजु खनाल-दाङ २९१०, प्रचण्डविक्रम न्यौपाने-दाङ २९२०, डिल्लीबहादुर चौधरी-दाङ ३९१० बाट निर्वाचित भएका छन् ।

यस्तै बादशाह कुर्मी-बांके ३९२०, धनबहादुर केसी-रुकुमपुर्व १९२०, भुवनेश्वर चौधरी-बर्दिया १९१०, जन्मजय तिमिल्सेना-बर्दिया २९१०, बीरबहादुर राना-पाल्पा २९१०, धनेन्द्र कार्की-गुल्मी १९२० र बैजनाथ कलवार जैसवाल-नवलपरासी २९२० बाट निर्वाचित भएका छन् ।

तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा-रोल्पा १९१०, इन्द्रजित थारु-दाङ १९१०, कृष्णा केसी-बांके १९१०, तुलाराम घर्ती-पाल्पा २९२० र धनबहादुर मास्की-दाङ ३९२० बाट निर्वाचित भएका छन् ।

यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव-बांके २९१० र आदेशकुमार अग्रवाल-बांके २९२० बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे-रुपन्देही ३९१० र कन्हैया बनिया-रुपन्देही ४९१० बाट निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी-रुपन्देही १९१० र जानकीप्रसाद यादव-कपिलवस्तु ३९२० बाट निर्वाचित भएका छन् । नयां दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी-बर्दिया १९२० र धर्मबहादुर चौधरी-बर्दिया २९२० बाट निर्वाचित भएका छन् ।

नयाँ दलकै रुपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता-रुपन्देही ५९२० बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट  बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन-रोल्पा १९२०, सरुल पुन-रुकुमपूर्व १९१० र खड्ग बस्नेत-नवलपरासी २९२० बाट निर्वाचित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?