काठमाडौं । ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले इण्डोनेसियाको ‘दक्षिणी तङेराङ’, जाकार्ता शहरमा आयोजित अन्तर्राष्ट्रिय लोकसांस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालका तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक आदानप्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले इण्डोनेसियाको ‘दक्षिणी तङेराङ’, जाकार्ता शहरमा आयोजित अन्तर्राष्ट्रिय लोकसांस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालका तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको हो । नोभेम्बर ९ देखि १४ सम्म आयोजना भएको मेलामा नेपाल, सिंगापुर र इण्डोनेसियाको सहभागिता थियो ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक शीतल आचार्य ‘सीता’ को व्यवस्थापन तथा ग्रुपका प्रमुख डा. आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्वमा सहभागी हुन त्यसतर्फ गएको टोलीमा डा. कोइरालाका साथै नृत्य निर्देशक चुडामणि फुयाल, नृत्य निर्देशक निरु फुयाल तथा लोक तथा दोहोरी गायक युवराज मगर सहभागी हुनुभएको थियो ।
सोही अवसरमा समूहका प्रमुख डा. आरसी कोइरालाले दक्षिणी तङेराङ नगरपालिकाका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावनाबारे तथा भविष्यमा यससम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिनेबारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच