जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

बैतडी । दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार–३ गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो । विष्टको घटनास्थलमै मृत्यु भएको थियो ।

कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार–३ घोडेधार नजिकै दुर्घटनामा परेको हो । कच्ची र उकालो नचढ्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जीपमा सवार लोकबहादुर विष्टले बताउनुभयो ।

यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् ।

घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?