उर्वशीको पहिरनको चर्चा

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौतेला प्रायः चर्चामा आइरहनुहुन्छ । उहाँ आफ्नो पहिरनका कारणले चर्चामा आइरहनुहुन्छ । यस्तै पछिल्लो समय उहाँ अफ्नो पहिरनको चर्चामा रहनुभएको छ । उर्वशीले दुबईमा आयोजित ‘फिल्मफेयर मिडल इष्ट अवार्ड’ समारोहमा लगाएको पहिरन यतिबेला चर्चामा रहेको हो ।

उर्वशीले पिंक ट्युब बडिकन ड्रेस लगाउनुभएको थियो । जसको मूल्य ५० लाख (भारतीय रुपैयाँ) रहेको बताइएको छ । कार्यक्रमको तस्वीर सार्वजनिक भएपछि उहाँका फ्यानहरूले तारिफ गरिरहेका छन् । नोभेम्बर १९ मा आयोजित कार्यक्रमका तस्वीर उहाँले सामाजिक सञ्जालबाट शेयर गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?