
झापा । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ । गोल्डकपको सचिवालयले भद्रपुरस्थित मेची रंगशालामा शनिबार प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरेको हो ।
झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगिरथ आले (मामा)ले बताउनुभयो ।
फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ ।
भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १८ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढिकालले जानकारी दिनुभयो । झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । गौरीगञ्ज गाउँपालिका भने सहभागी भएन ।
१५ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति, समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह छन् । त्यस्तै समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता क्वाटरफाइनल प्रवेश गर्नेछन् । क्वाटरफाइनलका खेल मंसिर १९ र २० गते हुनेछन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुनेछन् ।
खेल तालिका सार्वजनिक कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, एएफसीका विकास अधिकृत पुरुषोत्तम कट्टेल, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का, गोल्डकपका प्रमुख सल्लाहकार टिकाराज ढकाललगायतको उपस्थिति थियो ।
प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख र दोस्रो हुने टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १०, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा झण्डै ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच