काठमाडौं। केही महिना पहिले ललितपुरको गोदवारीस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा आयोजित मिस यूनिभर्स नेपाल २०२३ मा उपाधि जितेर मिस यूनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गर्ने जेन दीपिका गेरेट अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेकी छिन् ।
हालै सम्पन्न मिस यूनिभर्स २०२३ को उत्कृष्ट २० मा पर्न सफल भएकी उनको प्रतियोगिताको क्रममा दिएको प्रस्तुति, हाउभाउ तथा प्रतिभाको चौतर्फी प्रशंसा भइरहेको छ । २१ जना प्रतिस्पर्धिहरुलाई पाखा लगाएर मिस यूनिभर्स नेपाल २०२३ को उपाधि जितेकी उनले मिस यूनिभर्स २०२३ को विशाल मञ्चमा प्लस साइस मोडलको रुपमा विश्वकै ध्यान आफूतिर आकर्षित गर्न सफल भएकी हुन् ।
मिस यूनिभर्स २०२३ मा उत्कृष्ट २० मा पर्न सफल दीपिकाको चर्चा अन्तराष्ट्रियस्तरमै भैरहेको छ । उनको आकर्षक जिउडाल र शरिरको बनावट र सौन्दर्यताको पनि अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाइरहेको छ । केही दिनअघि अल साल्भाडोरमा सम्पन्न भएको मिस यूनिभर्स २०२३ पेजेन्टको प्रारम्भिक चरणमा दीपिकालाई दर्शकले अत्यधिक मन पराएका थिए । त्यस्तै उनलाई दर्शकबाट उत्तिकै सपोर्ट पनि प्राप्त भएको थियो ।एजेन्सीको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच