नेप्सेमा उछाल : दुइपटक सर्किट लागेपछि ४० मिनटको लागि कारोबार बन्द

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित हुँदा आज सेयर बजार खुलेको ४ मिनेटमै पोजिटिभ सर्किट लागेर कारोबार स्थगित भएको थियो ।

नेप्से परिसूचकमा बजार खुलेको ४ मिनेटमै ७९.२९ अंक (४.०४ प्रतिशत) बढेपछि नेपाल स्टक एक्सचेञ्जले २० मिनटको लागि कारोबार स्थगन गरेको हो ।

त्यसपछि खुलेको बजारमा फेरी उछाल रोकिएन । पुनः कारोबार सुरु भएको एक मिनेटमै ५ प्रतिशतले नेप्से बढेपछि दोश्रो पटक सर्किट लगाएर नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?