गीतकार परियारको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल

हिमालय टाइम्स
Read Time = 2 mins

गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोग गर्न अपिल गरेको छ । ओखलढुंगामा जन्मनुभएका परियारको मलद्वारको क्यान्सरको उपचार गर्न उहाँकी श्रीमती विना परियारले आर्थिक सहयोगको अपिल गर्नुभएको हो । विनाका अनुसार बलबहादुरको भारतको राजीव गान्धी अस्पतालमा एक महिनादेखि मलद्वार क्यान्सरको उपचार चलिरहेको छ ।

जटिल खालको क्यान्सर भएकाले यसको उपचार खर्च जुटाउन गाह्रो भएको विना बताउनुहुन्छ । आफ्नो घर खेत बेच्दा पनि उपचार गर्न नपुग्ने भएपछि आर्थिक सहयोग गर्न अपिल गर्नुपरेको विनाको तर्क छ ।

उपचार खर्च महँगो भएकाले उपचार गर्दा गर्दै उपचार खर्च जुटाउन गाह्रो भएकाले आफन्तसँग पैसा सापटी गरेर उपचार खर्च जुटाउन बाध्य भएको विनाको भनाइ छ ।

‘उहाँ निकै दयालु स्वभावका हुनुन्थ्यो । घर खर्च गर्न राखेको पैसा पनि अरूलाई दुःख पर्दा हामीले भोलि खाउँला भनेर सहयोग गर्ने बानी थियो । त्यस्तो मान्छेलाई पनि यस्तो घातक रोग लाग्दो रहेछ । अहिले आफैँलाई उपचार गर्ने पैसा छैन ।’
श्रीमान्को हेरचारमा भतिजालाई छोडेर आफू पैसाको जोहो गर्न नेपाल आएको बिनाको भनाइ छ । आर्थिक सहयोग गर्ने इच्छुक महानुभावले बलबहादुर परियार, ओखलढुंगा एभ्रेष्ट बैंकको खाता नं. ००१००५१६२०३२४२ मा सहयोग गर्न बिनाले आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?