काठमाडौं । कोका-कोला इण्डियाले आइसिसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको सुरुवात गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलबाट राष्ट्रिय झण्डा बनाएको हो, जसले क्रिकेटको दुनियाँमा एक इको-फ्रेन्ड्ली रन थपेको छ ।
आइसिसी हेड अफ इभेन्ट्स, क्रिस टेटलीले भन्नुभयो, ‘आइसिसी मेन्स क्रिकेट वल्र्डकप २०२३ मा इनोभेसन र स्टेबिलिटीलाई विशेष ध्यान दिँंदै एकता र गर्वलाई मूर्तरूप दिने राष्ट्रिय झण्डाहरू पेट बोतलबाट बनाइएका छन् ।’ कम्पनी साउथवेस्ट एसियाका मार्केटिङ भाइस प्रेसिडेन्ट अर्नब रोयले भन्नुभयो, ‘यी पुनः प्रयोग गरिएका बोतलबाट बनाइएका राष्ट्रिय र आइसिसीको झण्डामार्फत् सर्कुलर इकोनोमीका सिद्धान्त अघि बढाउन हामीले यो पहल गरेका हौँ ।’
कम्पनीले आइसिसीसँग मिलेर सबै १० सहभागी राष्ट्रका लागि राष्ट्रिय झण्डा र १० आइसिसी युनिटी फ्याग बनाएको हो, जुन सबै पोस्ट–कन्ज्युमर पिइटी बोतलबाट बनेका छन् । प्रत्येक राष्ट्रिय झण्डाका लागि झण्डै ११ हजार पेट बोतल र प्रत्येक आइसिसी युनिटी फ्ल्यागका लागि थप दुई हजार पेट बोतल प्रयोग गरिएको थियो । सयभन्दा बढी कामदार संलग्न उक्त निर्माण प्रक्रियालाई गोरिभाइजले नेतृत्व गरेको थियो । वातावरणमैत्री झण्डा बनाउन २५ दिन लागेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच