कर्णालीमा ‘सही प्लान’ बीमा योजना शुभारम्भ

नन्दराम जैशी
Read Time = 6 mins

सुर्खेत । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्णालीमा कम प्रिमियममा ठूलो बीमा गर्न सकिने बीमा पोलिसी सुभारम्भ गरेको छ । बुधबार कम्पनीले ल्याएको सूर्यज्योति ‘सही प्लान’ नामक नयाँ बीमा योजनाको शुभारम्भ गरिएको हो ।

नेपाल बीमा प्राधिकरण कर्णालीका प्रमुख पदम सोडारी र कम्पनीका प्रदेश प्रमुख मोहन पुरीले संयूक्तरुपमा ‘सही प्लान’ नामक नयाँ बीमा योजनाको सुभारम्भको घोषणा गर्नुभएको हो ।

पोलिसीको सुभारम्भ गर्दै प्राधिकरण कर्णालीका प्रमुख सोडारीले जनताले लिन सक्ने परम्परागत पोलिसीभन्दा नयाँ र भिन्न विशेषतासहितको योजना ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिनुभयो । साथै, धनी गरिब जोसुकैले पनि बीमा गर्न सक्ने कम प्रिमियममा ठूलो बीमा गर्न मिल्ने योजना ल्याउनु आफैमा खुशीको कुरा भएको उहाँ बताउनुहुन्छ ।

अहिलेको परिवेशको सन्दर्भमा दुखमा साथ दिने बीमा भएकाले कम्पनीले ल्याएको पोलिसीलार्ई कर्णालीका दुरदराजका नागरिक समक्ष प्रभावकारी पहुँच पु¥याउन अपरिहार्य रहेको प्रमुख सोडारीले बताउनुभयो । आम नागरिक माझ समर्ग बीमा क्षेत्रलाई लिएर धेरै प्रश्नहरु रहेको उल्लेख गर्दै आवश्यकता र महत्वलाई बुझाउन नसक्दा बीमाको मूल्यांकन हुन नसकेको उहाँको भनाई थियो ।

‘हामीले नागरिकलाई अझै पनि बीमाका बारेमा बुझाउन सकेका छैनौं, अभिकर्ताले कमिसन र टार्गेट पूरा गर्नेगरी बीमा गर्ने प्रचलनले यसको महत्व बुझाउन सकिएको छैन,’ सोडारीले भन्नभुयो, ‘अभिकर्ताले बीमासँग सम्बन्धित ऐन, नियम, नियामावलीका बारेमा आवश्यक अध्ययन गरि आवश्यकताको बोध गराउन सकिएको खण्डमा मात्रै बीमा प्रभावकारी हुन्छ, जोखिमसँग जोडिएको बीमालाई सुरक्षित भविष्यसँग जोड्न जोखिम, बचत र प्रतिफललाई ध्यान दिएर अगाडि बढ्नु पर्छ ।’

यस्तै, कम्पनीका प्रदेश प्रमुख पुरीले नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ नागरिकहरुको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै हालसम्मकै भिन्न, आकर्षक र उत्कृष्ट सुविधाहरु भएको ‘सही प्लान’ पहिलोपटक सूर्यज्योतिले पस्कन सफल भएको बताउनुभयो ।
आमजनजीवनमा आइपर्न सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तम हुनुका साथै पहिलो र नवीनतम विशेषताहरूसहित आएको हुनाले हरेक कर्णालीवासीको रोजाइ बन्न सक्नेमा आफू विश्वस्त रहेको पुरी बताउनुहुन्छ ।

प्रमुख पुरीले केही बिपत्ति आइलागे उक्त सानो रकमले आर्थिक भार ब्यहोर्न पर्याप्त नहुने र परिवार नै आर्थिक संकटको चपेटामा पर्ने अवस्थाको अन्त्य गर्ने अठोटका साथ सूर्यज्योतिले ‘सही प्लान’ नामक बीमा योजना ल्याएको जानकारी दिनुभयो ।

उनहाँका अनुसार यस योजनामा थोरै प्रिमियममा ठूलो बीमा पोलिसी लिन सकिने, ७० वर्ष पुगेपश्चात् तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणासम्मको रकम फिर्ता हुने विशेषताहरू छन् ।

साथै, ऐच्छिक सुविधाअन्तर्गत सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक रक्षावरण पनि गर्न सकिनेछ । समयसापेक्ष नवीनतम र परिस्कृत सेवा पस्किँदै आइरहेको सूर्यज्योति ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एक मात्र कम्पनी बन्न सफल भएको छ ।

हाल यस कम्पनीको चालु पुँजी चार सय ५४ करोड, लगानी तीन हजार चार सय करोड, जीवन बीमा कोष दुई हजार नौ सय ५० करोड, नेटवर्थ ६ सय २२ करोड र जारी बीमालेख संख्या २२ लाख पुगेको छ । त्यसैगरी, कम्पनीले देशभर रहेका एक सय ७६ शाखा सञ्जाल र करिब ९४ हजार अभिकर्तामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?