
भोजपुर । चिसोको मौसम बढ्दै जाँदा भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोशाकसहित शिक्षक शिक्षिकलाई सम्मान गर्नु भएको छ ।
उमप्रमुख शेर्पाले सदरमुकाम देखि पश्चिम वडा नम्वर तीन गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो पोशाक बितरण गर्नु भएको हो । आफुले पाएको बैठक भत्ताको रकमबाट उपप्रमुख शेर्पाले २९ बालबालिकालाई पोशाक बितरण गरेको बताउनु भयो ।
बालबालिकाहरुलाई विद्यालय जान हौसला प्रदान गर्ने उद्धेश्यका साथ आफुले पोशाक बितरण गरेको उपप्रमुख शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “आफुले गरेको प्रोत्साहनले साना बालबालिकाहरुमा समेत प्रोत्साहन हुन्छ ।” बालबालिका सहित शिक्षक शिक्षिका, अक्षयकोषदाता, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई समेत नेपाली टोपी र दोसल्लाले सम्मान गर्नुभयो ।
पोशाक पाएपछि बालबालिकाहरु समेत खुशी देखिएको र आफुहरुलाईसमेत हौसला प्रदान भएको विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच