रियलको संघर्षपूर्ण जित

Read Time = 2 mins

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा युनियन बर्लिनमाथि एक-शून्यको संघर्षपूर्ण जित निकालेको छ । मिडफिल्डर जुड बेलिङघमको इन्जुरी टाइममा भएको गोलको मद्दतले रियल एक-शून्यले विजयी भएको हो । बेलिङघम यस समरमा मात्रै रियलमा अनुबन्धित हुनुभएको थियो ।

म्याड्रिडका लागि ६ खेल खेल्दा उहाँको यो छैटौँ गोल हो । दोस्रो हाफमा भने म्याड्रिडले सुधारिएको प्रदर्शन गर्न सफल भयो । ५१औँ मिनेटमा होसेलुको एक्रोबेटिक प्रहार पोस्टमा लागेर बाहिरियो । नौ मिनेटपश्चात् युनियन किपर फ्रेडरिक रोनोले जोसेलुको हेडरलाई बचाएपछि बल क्रसबारमा ठोक्किन पुग्यो ।

यस्तै, च्याम्पियन्स लिगको समूह ‘ए’ अन्तर्गत बुधबार सम्पन्न खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई चार-तीनले पराजित गरेको छ । बायर्नका लागि लिरोय साने, सर्ज गनाब्री, हृयारी केन र म्याथिस टेलले एक–एक गोल गर्नुभयो । युनाइटेडका लागि रासमुस होइलन्डले एक र कासेमिरोले दुई गोल गर्नुभयो ।

सोही समूहमा गालाटासरे र एफसी कोपेनहेगनले दुई-दुई गोलको बराबरी खेलेर अंक बाँडेका थिए । जितपछि बायर्नको समूहमा तीन अंक भएको छ । गालाटासरे र एफसी कोपेनहेगनको एक-एक अंक छ । पुछारमा रहेको युनाइटेडको भने कुनै अंक छैन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?