
काठमाडौं । नेपाली चलचित्र निर्माताले अब सिनेमाघरमा चलचित्र प्रदर्शन हुन्जेल ५० प्रतिशत सेयर पाउने भएका छन् । चलचित्र संघ र चलचित्र निर्माता संघबीच यसबारेमा सम्झौता भएको हो । चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार चलचित्र ‘दिमाग खराब’ सिनेमाघरमा आएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । सबै स्वदेशी चलचित्रले यो सुविधा पाउनेछन् ।
चलचित्र ‘दिमाग खराब’का निर्माताको मागअनुसार दुवै चलचित्रसम्बन्धी संस्थाका वार्ताटोलीले लामो समयदेखि थाँती रहेको सेयर बाँडफाँटको मुद्दामा वार्ता गर्दै आइरहेका थिए । मंगलबार र बुधबार दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ताटोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेका थिए । सेयर बाँडफाँटसँगै अन्य महत्वपूर्ण मुद्दामा समेत सहमति भएको निर्माता संघका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
हलमा बज्ने ट्रेलर तथा हल परिसरभित्र राखिने होर्डिङ बोर्ड र पोस्टरलगायत प्रचार सामग्री प्रयोगमा कसको लगानी रहने भन्ने मुद्दामा कार्यदलले छलफल गरेर सहमति जुटाउनेछ ।
अहिलेसम्म यसको खर्च निर्माताले बेहोर्दै आएका छन् । नेपाली निर्माताले यसको खर्च आफैं बेहोर्नुपरे पनि हिन्दी सिनेमाको हकमा भने हलले नै बेहोर्दै आएका छन् । यसमा आफूहरूलाई हलले विभेद गरेको नेपाली निर्माताहरूले बताउँदै आएका छन् । यसअघि निर्माताहरूले हलबाट पहिलो र दोस्रो हप्ता ५० प्रतिशत सेयर पाए पनि तेस्रो हप्ताबाट ३५ प्रतिशतमात्रै पाउने गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच