काठमाडौं । हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलले ‘गर र सिक’ कार्यक्रमअन्तर्गत अन्तरसदन खाना पकाउने प्रतियोगिता गरेको छ । प्रतियोगितामा विद्यालयका चारवटा सदनका विद्यार्थीले फरक-फरक परिकार तयार गरेका थिए । विद्यार्थीहरूले नेवारी, ढिँडो, खिर, विभिन्न दूधका परिकार, शाकाहारी एवं मासुका परिकार बनाएका हुन् । विद्यार्थीले दाउरा बालेर खाना बनाएका थिए ।
विद्यालयले विद्यार्थीको चौतर्फी हितका लागि यस्ता फरक-फरक खालका विद्यार्थीले दैनिक जीवनमा भोग्नुपर्ने किसिमका कार्यक्रम गर्दै आएको विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईंले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रल्हाद दाहालले विजयी सदनहरूलाई विद्यालयको विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेल, बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरे, व्यवसायी राजेश चालिसेलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच