फ्रान्सले पहिलो जित निकाल्दा क्रोएसियाले हरायो डेनमार्कलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युइएफए नेसन्स लिगमा अष्ट्रियालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।

फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।

समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई २-१ ले पराजित गर्यो । क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले समान एक/एक गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।

जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । पराजित डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?