बर्दियामा एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु, एकको अवस्था गम्भीर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दिया गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । शुक्रवार राति ११ बजेतिर घरमा आगलागी हुँदा घरमा सुतिरहेका ४ जनाको मृत्यु भएको हो ।

भरत चन्दको घरमा आगलागीमा परी मृत्यु हुनेमा ८ वर्षीय क्रिस चन्द, २ वर्षीय कार्तिक चन्द, ३५ वर्षीय राधा बुढा र १० वर्षीय बालक मानषी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले बताउनुभयो ।

मृतकको पहिचान भए पनि उमेर अन्दाजी भएको अर्यालले बताउनुभयो । गम्भिर घाइते २८ वर्षीय करिश्मा चन्दको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । स्थानियवासीका अनुसार, घर बाहिर तसलामा आगो तापेको तसला संगै आगोको गोल घरभित्र कोठामा ल्याइ राखेको घरमा सबै सुतेका बेला आगलागी भएको बताएका छन ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?