
जयबहादुर श्रेष्ठ राजनीतिज्ञ हुनुहुन्छ । उहाँको यो पहिलो परिचय हो तर साथसाथै उहाँ गीत पनि लेख्नुहुन्छ र गाउनु पनि हुन्छ भन्ने कुरा कमैलाई मात्र थाहा होला । हालैमात्र उहाँको लोकभाकामा लेखिएको आफ्नै जीवनी र भोगाइमा आधारित पुस्तक जय-श्लोकमाला प्रकाशित भएको छ । यसबाट उहाँलाई राजनीतिज्ञका साथै साहित्यकारका रूपमा पनि पहिचान बनाएको छ । पुस्तक डिएमआई साइजमा छ । मोटाइका आधारमा भन्ने हो भने यो पुस्तक धेरै मोटो छैन । भूमिका खण्डका १० र पाठ्य खण्डका ६८ गरी पुस्तकमा जम्मा ७८ पृष्ठ छन् । पुस्तकको सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको प्रकाशन एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिबाट भएको छ ।
विसं २०८० सालमा प्रथम संस्करणका रूपमा यो पुस्तक ५०० प्रति छापिएको छ । यसको छपाइ स्तरीय छ, भाषिक त्रुटिहरू पाइँदैनन् तर लोकलयको गीतिसङ्ग्रह भएका कारण लय मिलाउनका लागि कतै मानक शब्द र धेरैजसो कथ्य शब्दहरूको प्रयोग भएको छ र लोक उच्चारणलाई प्राथमिकतामा राखिएको छ । १०० रुपैयाँ मूल्य रहेको यस पुस्तकको मुद्रण एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालि सरस्वतीनगर, काठमाडौंमा भएको छ । यस पुस्तकको कम्युटर डिजाइन खड्गप्रसाद खनालले गर्नुभएको छ ।
यस पुस्तकमा जयबहादुर श्रेष्ठको जीवनको उतारचढाव, उहाँको संघर्षशील जीवन, साहस र हिम्मत, राजनीतिक जीवनका विजय पराजय, आफूले समाजलाई दिएका योगदान, आफ्नो निजी प्रयासमा निर्माण गरिदिएका संरचनाहरू, संघसंस्थाहरूलाई दिएको योगदान, सहयोगीहरूको प्रशंसा जस्ता अनेकौं सन्दर्भ उल्लेख भएका छन् ।
पुस्तकको आवरण आकर्षक छ । नीलो र पहेंलो पृष्ठभूमिमा माथि साना अक्षरमा ‘जीवनीमा आधारित’ भनिएको छ र त्यसभन्दा मुनि ठूला नीला अक्षरमा ‘जय-श्लोकमाला’ भनिएको छ । बीचमा पुस्तक लेखकको फोटो राखिएको छ र त्यसमुनि लेखक जयबहादुर श्रेष्ठको नाम दिइएको छ । आवरणको भित्रपट्टि ‘जसबाट मैले मेरो जीवनलाई सार्थक बनाउन सकेँ मेरा पूज्य पिता शंखनारायण श्रेष्ठ र माता मनकुमारी श्रेष्ठलाई मेरो यो पुस्तक समर्पण गर्दछु’ भनेर लेखकको नाम उल्लेख भएको छ । पृष्ठ आवरणमा फोटोसहित लेखकको परिचय, उहाँको स्थायी अस्थायी ठेगाना, उहाँले हालसम्म राजनीति गर्ने क्रममा प्राप्त गर्नुभएका पदहरूका साथै समाजसेवाका लागि प्राप्त गरेका पद उल्लेख गरिएको छ ।
पृष्ठआवरणको भित्रपट्टि उहाँले विभिन्न उपभोक्ता समितिमा बसेर गरेका काम, आफ्नो निजी खर्चमा गरेका विकास निर्माणका काम, आफ्नो र अरूको रकमसमेतबाट गरेका कामहरूको पनि उल्लेख गर्नुभएको छ । पुस्तकको भूमिका खण्डमा तिलकप्रसाद लुइँटेलको ‘शुभकामना’, विनोद दाहाल वत्सको ‘जय-श्लोकमालालाई शुभकामनाका केही शब्दहरू’, लेखकका ‘आफ्ना कुरा’ र प्रकाशक एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक हरिप्रसाद दाहालको ‘प्रकाशकीय’ रहेका छन् ।
त्यसपछि पुस्तकको पाठ्यखण्ड सुरु हुन्छ । सुरुमा तीन श्लोकमा उठान, त्यसपछि ‘देउसी भैलो’ सात श्लोकमा त्यसपछि ‘खसीको मासु प्रकरण’ चार श्लोकमा ‘सात साल क्रान्ति प्रकरण’ तीन श्लोकमा, ‘बजार जाने कुरा’ नौ श्लोकमा, ‘गिद्धले विष्ठ्याएको’ सात श्लोकमा दिइएको छ । यसै गरी ‘२०११ साल प्रकरण’ र ‘२०१२ साल सलह प्रकरण’ छोटो छोटो गरी दिइएको छ । त्यसपछि ‘पढाइतर्फ’ शीर्षकमा ३६ श्लोकदेखि ९२ श्लोकसम्म दिइएको छ ।
यसरी हेर्दा यो भाग अरूभन्दा निकै लामो पाइन्छ । त्यसपछि ‘घर पुगियो’ शीर्षकमा एक श्लोक रहेको छ भने ‘भूमिसुधार’ शीर्षकअन्तर्गत ९४ श्लोकदेखि २२८ श्लोकसम्मको फैलावटका कारण यो शीर्षकअन्तर्गतको यस पाठ्यअश नै सबैभन्दा लामो वा यो पुस्तको मूल खण्ड हो । त्यसपछि ‘नापी प्रकरण सिस्नेरी’, मा ४५ श्लोक, ‘विद्यालय प्रकरण’ ३१ श्लोक, ‘माझीगाउँ हर्कपुर कुलो प्रकरण’ ५३ श्लोकमा यो पुस्तक रहेको छ ।
पुस्तकमा जम्मा ३५७ श्लोक रहेका छन् । यस पुस्तकमा जयबहादुर श्रेष्ठको जीवनको उतारचढाव, उहाँको संघर्षशील जीवन, साहस र हिम्मत, राजनीतिक जीवनका विजय पराजय, विकास निर्माणका कामहरू गर्दाका सहयोग असहयोगको अवस्था, आफूले समाजलाई दिएका योगदान, आफ्नो निजी प्रयासमा निर्माण गरिदिएका संरचनाहरू, संघसंस्थालाई दिएको योगदान, अरूसँग मिलेर गरेका कामको चर्चा दुःख दिने व्यक्तिहरूको आलोचना र सहयोगीको प्रशंसाजस्ता अनेकौं सन्दर्भ उल्लेख भएका छन् । यस पुस्तकले लोकजीवनले अँगाल्दै आएको झ्याउरे लयलाई संबद्र्धनसमेत गरेको छ । पुस्तककका लागि यस पुस्तकका लेखक जयबहादुर श्रेष्ठलाई बधाई तथा सफलताको शुभकामना । यसैगरी यस्ता अन्य पुस्तक पनि लेखिऊन्, त्यसका लागि उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच