कार्यालयको प्रगति विवरण संघ र प्रदेशलाई बुझाउन सभापति खतिवडाको निर्देशन

हिमालय टाइम्स
Read Time = 5 mins

-राजकुमार कार्की
ओखलढुंगा । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कार्यालयमा हुने विकास निर्माणका गतिविधीहरुको प्रत्येक तिन–तिन महिनाको प्रगति विवरण पेश गर्न निर्देशन दिनु भएको छ ।

जिल्लास्थित कार्यालयका प्रमुखहरु सँगको छलफल कार्यक्रममा बोल्दै खतिवडाले आ–आफ्ना कार्यालयले सन्चालन गरेका योजनाहरुको प्रगति विवरण पेश गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । मंसिर १० गते आइतबार ओखलढुंगा जिल्लामा भएका संघ र प्रदेश अन्तर्गतका कार्यालय प्रमुखहरुको बैठक बोलाई जिल्लामा सन्चालीत योजनाहरुको बारेमा छलफल गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, स्थानिय सरकारका प्रमुखहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यालय प्रमुख सँगको छलफल कार्यक्रम भनिए पनि अधिकांस कार्यालयका प्रमुख नभई निमित्त कार्यालय प्रमुख र प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यालय प्रमुख एवं प्रतिनिधीहरुले कार्यालय बाट सन्चालीत योजनाहरुको बारेमा जानकारी दिएका थिए । अधिकांश प्रदेश अन्तर्गतका प्रमुख एवं प्रतिनिधीहरुले कार्यालयमा कर्मचारीको अभाव भएका कारण भने जस्तो काम गर्न नसकेको गुनासो गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुखरुले जिल्लास्थित कार्यालयहरुले सन्चालन गर्ने योजनाको विषयमा स्थानिय सरकारसँग समन्वय नगरी अपारदर्शीढंगबाट सन्चालन गर्ने गरेको बताएका थिए । सन्चालीत योजनाको विषयमा सर्वसाधरण नागरिकले समेत थाहा पाउने अधिकार हुँदाहुँदै स्थानिय सरकारलाई समेत बेवास्ता गर्दै जानकारी नदिई योजना सन्चालन गरिनु दुःख लाग्दो भएको बताएका थिए ।

केन्द्रले आवश्यक्ताका आधारमा नभई पहुँचका आधारमा योजना छनौट गरी बजेट पठाउने गरेको सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले बताउनु भयो । उहाँले भन्नुभयो; ‘जहाँ आवश्यक्ता त्यहा योजना छैन, जहाँ पहुच छ त्यहा योजना छ ।’ योजना छनौट गर्दा संघ र प्रदेशले स्थानिय तह सँग पनि समन्व गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
विकास निर्माणका विषयमा कार्यालयले समन्वय नभएको, स्थानिय सरकारले कुरा उठाएपछि उक्त विषयमा बोल्दै खतिवडाले समन्वय गरेर मात्र विकास निर्माणका काम गर्न निर्देशन दिनुभयो ।

प्रत्येक कार्यालयले सन्चालन गर्ने कार्यक्रमको प्रत्येक तिन–तिन महिनाको कार्यप्रगतिको विवरण स्थानिय तह, संघ र प्रदेशमा जानकारी गराउन राज्य व्यावस्था समितिको हैसियतले आजै निर्देशन दिन्छु ; ‘उहाले भन्नुभयो ।’

यो र त्यो नभनीकन विकास निर्माणका काम गर्न सबै कार्यालय प्रमुखहरुलाई आग्रह गर्नुभयो । अबको एकवर्षभित्र जिल्लालाई विद्युतीकरण गर्नको लागी बजेटको आवश्यक्ता देखाउदै काम ढिला नगर्न विद्युत कार्यालयलाई सुझाव दिनुभयो । ‘बजेट अभाव भयो भने स्टिमेट गरेर पठाउनुस बोरामा पैसा ल्याइदिन्छु, तर पैसाको अभाव भयो भनेर काममा ढिलासुस्ती नगर्नुस ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?